सम्पादकहरूसँग ओली
यो सरकार असंवैधानिक नै हो : अध्यक्ष ओली
आइतबार, ०२ कात्तिक २०८२, १५ : ४८
सारांश
- केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक भनेका छन्।
- ओलीले पूर्व प्रधानन्यायाधीश कार्की प्रधानमन्त्री बन्न नसक्ने र प्रक्रिया गलत भएको बताए।
- उनले संसद पुनर्स्थापनाको विकल्प नभएको र विगतको संसद विघटनको विषयमा टिप्पणी गरे।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक नै भएको जिकिर गरेका छन् ।
उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नै हुन संविधानले हुन नदिने भन्दै त्यसपछिको प्रक्रिया पनि गलत भएको बताए ।
आइतबार सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा उनले कुनै पनि हिसाबले सुशीला कार्कीको नियुक्तलाई स्वीकार गर्न नसकिने भन्दै प्रधानमन्त्री नियुक्तिलाई आफूले असंवैधानिक नै भन्ने बताए ।
उनले संसद् पुनर्स्थापनाको विकल्प नै नभएको बताए । उनले विगतमा आफूले संसद् विघटन गर्दा असंवैधानिक भन्नेहरूले अहिले विघटन गर्दा असंवैधानिक किन भन्न नसकेको भन्दै कटाक्ष समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकलाई ठग्नेहरूमाथि कारबाही तीव्र
-
नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने
-
एलए चेसमा प्रलेश महर्जन र अभिव्यक्ति तामाङ च्याम्पियन
-
बैतडी बस दुर्घटना : घाइतेको संख्या १९ पुग्यो, दुई जनाको अवस्था गम्भीर
-
निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
-
स्वास्थ्यमन्त्रीको सय दिन : कागजमा पर्याप्त, कार्यान्वयनमा फितलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण