प्रधान सेनापतिद्वारा श्रेष्ठलाई रथीको दर्ज्यानी चिह्न प्रदान
आइतबार, ०२ कात्तिक २०८२, १६ : ०३
सारांश
- प्रधानसेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका गणेशकुमार श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान गरे।
- रथी श्रेष्ठलाई बलाध्यक्षको जिम्मेवारी दिइएको छ।
- मन्त्रिपरिषद्ले श्रेष्ठलाई असोज ३० गते रथी पदमा बढुवा गर्ने निर्णय गरेको थियो।
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका गणेशकुमार श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रधान सेनापति सिग्देलले श्रेष्ठलाई रथीको दर्ज्यानी चिह्न प्रदान गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
पदोन्नतिसँगै रथी श्रेष्ठलाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ । नेपाल सरकारको मन्त्रिपरिषद्ले उहाँलाई गत असोज ३० गते रथी पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण