भक्तपुरका नेवार समुदायले फरक फरक दिनमा तिहार मनाउँदै
सारांश
- भक्तपुरका नेवार समुदायले तिहार पर्व फरक फरक दिनमा मनाउने भएका छन्।
- मध्यपुरथिमि नगरपालिका र नगदेशका नेवार समुदायले लक्ष्मीपूजा कात्तिक ४ गते मनाउने निर्णय गरे।
- भक्तपुर नगरपालिकाले भने म्हः पूजा कात्तिक ४ गते र किजा पूजा कात्तिक ५ गते गर्ने निर्णय गरेको छ।
भक्तपुर । भक्तपुरका नेवार समुदायले स्वन्ती नखः (तिहार) पर्व फरक फरक दिनमा मनाउने भएका छन् । तिथि घटबढका कारण पर्व फरक फरक दिनमा मनाउन लागिएको हो ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको पात्रो अनुसार नेपालीहरूको दोस्रो ठुलो पर्व तिहारअन्तर्गत आज काग तिहार, कात्तिक ३ गते बिहान कुकुर तिहार, साँझ लक्ष्मीपूजा, कात्तिक ४ गते गाई तिहार, कात्तिक ५ गते गोवर्द्धन पूजा, म्हः पूजा र नेपाल संवत्को शुभारम्भ तथा कात्तिक ६ गते किजा पूजा एवं भाइटिका परेको छ ।
यसैबिच, मध्यपुरथिमि नगरपालिकाका नेवार समुदायले लक्ष्मीपूजा कात्तिक ४ गते मनाउने भएका छन् । कात्तिक ४ गते साँझ ६ः १५ बजेसम्म औँसी तिथि रहेकाले सो दिन मात्र लक्ष्मीपूजा गर्न लागिएको थिमि लायकूका नायो पमाः (प्रधान नाइके) श्यामकाजी श्रेष्ठले बताए ।
यस्तै मध्यपुरथिमि–७, नगदेशस्थित लायकू (दरबार) को आह्वानमा गत असोज ३० गते बसेको नगदेश लायकू दरबारका नायो पमाः, पमाः, नगदेशका सम्पूर्ण खलःका प्रतिनिधि, नेवा दे दबूका प्रतिनिधि, ज्यापू महागुठीका प्रतिनिधि तथा बुद्धिजीवीको बैठकले लक्ष्मीपूजा कात्तिक ४ गते मनाउने निर्णय गरेको हो ।
बैठकले कात्तिक २ गते काग तिहार, ३ गते कुकुर तिहार, ४ गते लक्ष्मीपूजा, ५ गते म्हः पूजा, नेपाल संवत् र ६ गते किजा पूजा तथा भाइटिका मनाउने निर्णय गरेको नेवाः दे दबूका कृष्णबहादुर घजुले जानकारी दिए ।
भक्तपुर नगरका नेवार समुदायले भने म्हः पूजा कात्तिक ४ गते गर्ने भएका छन् भने किजा पूजा (भाइटिका) कात्तिक ५ गते गर्ने भएका छन् । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा गत असोज २२ गते बसेको भक्तपुरको तलेजुका पुजारी तथा ज्योतिषहरूको बैठकले सो निर्णय गरेको हो ।
बैठकमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, तलेजुका पुजारी प्रजेशराज राजोपाध्याय, नरेन्द्रप्रसाद जोशी, महेश कर्माचार्य, पद्मलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्य, ज्ञानेन्द्रकृष्ण जोशीलगायत सहभागी रहेका थिए ।
भक्तपुरका नेवार समुदायमा कुनै चाडपर्व मनाउन तिथिमा अन्योल उत्पन्न भए तलेजु र लायकूको निर्णायानुसार गर्ने प्रचलन रहेको छ ।
सोही अनुसार यस वर्ष पनि तिथि घटबढका कारण तिहार मनाउन अन्योल उत्पन्न भएपछि तलेजु र लायकूका पुजारी, ज्योतिष र नायो पमाःहरूको बैठकले पर्व मनाउने दिन र समयका बारेमा निर्णय गरी सार्वजनिक गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण