हर्क साम्पाङको दल दर्ता प्रक्रिया एक कदम अगाडि बढ्यो– निर्वाचन आयोग
काठमाडौँ । निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ दर्ता प्रक्रिया एक कदम अगाडि बढेको बताएको छ ।
आइतबार आयोग पुगेर साम्पाङले दल दर्ताको प्रक्रिया पूरा गरेका गरेका थिए । बाँकी प्रक्रिया सम्बन्धित शाखाबाट रुजु गर्ने काम बाँकी नै रहेकाले आयोगको बैठक बसरे निर्णय लिने प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।
‘उहाँ आएर हस्ताक्षर गर्नुभएको छ, दल दर्ताका लागि एक स्टेप आगडि बढेको छ । सम्बन्धित शाखाबाट बाँकीको प्रक्रिया अगाडि बढिरहेको हुनाले प्रमाणपत्र दिइएको छैन,’ भट्टराईले रातोपाटीसँग भने, ‘सबै प्रक्रिया पूरा भएपछि आयोगको बैठक बसेर निर्णय गर्छ । त्यसपछि दल दर्ताको प्रमाणपत्र दिइन्छ । दल दर्ताका लागि पाँच सय जनाको हस्ताक्षर हुनुपर्छ ।’
साम्पाङले गत असोजमा दल दर्ताका लागि निवेदन दिएका थिए । ‘माटो’ चुनाव चिह्नका साथ आगामी निर्वाचनमा होमिने उनले बताएका छन् । दल दर्ताका लागि कम्तीमा पाँच सयको हस्ताक्षर चाहिने प्रवक्ता भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण