राजनीतिक निकासका लागि पूर्वराजा सहितसँग छलफल गराैँ : गोपालमान श्रेष्ठ
काठमाडौँ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राजनीतिक निकासका लागि पूर्वराजा सहितसँग छलफल गर्नुपर्ने आवश्यक रहेको बताएका छन् ।
श्रेष्ठले ललितपुरमा पत्रकार सम्मेलन गरी आइतबार सबै पक्षको सहमति जुटाएर राजनीतिक निकास खोज्नुपर्ने बताएका हुन्। उनले सरकारले दलहरूलाई निषेध गर्ने नीति सरकारले अपनाएको बताए ।
राजसंस्था, जेनजी आन्दोलनमा सहभागीहरू र फरक मत राख्ने सबै शक्तिको संवाद आवश्यक भएको पनि बताए ।
'राजसंस्थालगायत परम्परागत शक्ति, राजनीतिक दल, जेनजी आन्दोलनका फरक मत राख्ने सबै शक्तिहरूलाई समेटेर सर्वपक्षीय संवादको आवश्यकता छ’ श्रेष्ठले भने ।
त्यस्तै श्रेष्ठले फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचन हुनेमा शङ्का व्यक्त गरे।’अहिलेको परिस्थिति जटिल छ । जेनजीको नाममा भएको घटनाले सबैको मनमा डर छ। चुनाव हुन्छ हुन्न, अहिलेको परिस्थितिले शङ्का उत्पन्न भएको छ’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण