तिहारमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने
सोमबार, ०३ कात्तिक २०८२, ०२ : १२
सारांश
- नेपाल राष्ट्र बैंकले तिहारमा आरटीजीएस प्रणाली सञ्चालन गर्ने भएको छ।
- सार्वजनिक बिदाका दिनमा पनि यो प्रणाली कात्तिक ३, ४, ५ र ७ गते सञ्चालन हुनेछ।
- भाइटिकाको दिनमा भने यो प्रणाली बन्द रहनेछ, र बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ।
काठमाडौँ । तिहार पर्वको अवसरमा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालनमा आउने भएको छ ।
नेपाल राष्ट्र बैङ्कले एक सूचना जारी गरी यही कात्तिक ३, ४, ५ र ७ गते सार्वजनिक बिदाका दिनमा सो प्रणाली सञ्चालनमा रहने जनाएको हो । भाइटिकाको दिन भने सो प्रणाली बन्द हुनेछ । उक्त प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालनमा रहने नेपाल राष्ट्र बैङ्कको भुक्तानी प्रणाली विभागले जनाएको छ ।
केन्द्रीय बैङ्कले यसअघि नै भन्सार जाँचपास गर्ने प्रयोजनका लागि आवश्यक बैङ्किङ प्रणाली सञ्चालनमा ल्याउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ । तिहारको भाइटिकाको दिन बाहेक अरू दिन अरू सबै दिन भन्सार जाँचपासका गर्न आवश्यक पर्ने बैङ्किङ सेवा सुचारु गर्ने व्यवस्था गर्नु गराउन क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण