प्रचण्डको सचिवालयबाट गंगा दाहालले दिइन् राजीनामा
सारांश
- पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले नेकपा माओवादी केन्द्रको सचिवालयबाट राजीनामा दिएकी छिन्।
- उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गरेकी हुन्।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले पार्टी संयोजकको सचिवालयबाट राजीनामा दिएकी छन् । सोमबार दाहालले सामाजिक सञ्जाल फेसबुकबाट राजीनामाको घोषणा गरेकी हुन् ।
दाहालले निरन्तर आफूलाई देखाएर पार्टीका संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनाबद्ध प्रहार भइरहेका कारण सचिवालयको जिम्मेवारीबाट राजीनामा दिएको बताएकी छन् ।
उनले भनेकी छन्– ‘निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र) का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनाबद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिँदा नै बुवा, पार्टी र आन्दोलनको लागि राम्रो होला भन्ने निष्कर्षमा पुगेर बुवाको सचिवालयबाट राजीनामा दिएको छु ।’
उनले पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहने जनाएकी छन् । दाहालले सचिवालयमा रहँदा पार्टीका नेता, कार्यकर्ताहरू र आम नागरिकले गरेको सहयोगप्रति हार्दिक आभार समेत व्यक्त गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण