तिहारको बेला रगतमा चिनीको मात्रालाई कसरी नियन्त्रमा राख्ने ?
काठमाडौँ । तिहार भन्नेबित्तिकै हाम्रो मनमा सेलरोटी, मिठाईको सम्झना आउँछ। तर मधुमेहका रोगीका लागि यी मिठा खानेकुरा समस्या बन्न सक्छ ।
चाडपर्वमा बिदाको समयमा घरपरिवारको सबै सदस्य घरमै भइन्छ । यस्तोमा सबैजना मिलेर मिठोमसिनो खाइन्छ । चिल्लो र गुलियो चिजको सेवन बढी हुन्छ । यसले गर्दा रगतमा चिनीको मात्रा अचानक बढ्न सक्छ र थकान, डिहाइड्रेसन र अन्य स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ। तिहारको समयमा बुद्धिमानीपूर्वक आफ्नो आहारको योजना बनाउनु महत्त्वपूर्ण छ। आजको यस लेखमा हामी मधुमेह रोगीहरूका लागि टिप्सबारे कुरा गर्नेछौँ ।
तिहारको समयमा मधुमेह भएका व्यक्तिहरूले ध्यान राख्नुपर्ने कुराहरूः
मिठाईबाट टाढा रहने
बर्फी र गुलाब जामुन जस्ता उच्च चिनीयुक्त मिठाईहरूले रगतमा चिनीको मात्रा द्रुत रूपमा बढाउन सक्छ। यसको सट्टामा छोकडा, सख्खर र स्टेभियाले बनेको मिठाई खानुस् । सनको लड्डु वा सुकेको फलफूलले बनेको मिठाई राम्रो विकल्प हो ।
यदि तपाईंलाई मिठाई खाने मन छ भने थोरै मात्रामा खानुहोस् अनि खाएपछि केहीबेर हिँडडुल गर्नुहोस् ।
खाने समय र मात्रा नियन्त्रणमा राख्नुहोस्ः
बारम्बार खाजा खाने वा राति अबेरसम्म खानाले रगतमा चिनीको मात्रा बिगार्न सक्छ । निश्चित समयमा मात्रै खानुहोस् र प्रि–प्लेट खाना अर्थात् मात्रा पहिले नै तय गरेर खानुहोस् ।
बिच–बिचमा उपवास वा आफूले खाने खानेकुराको मात्रा नियन्त्रणले रगतमा चिनी कायम राख्न मद्दत गर्दछ ।
फाइबर र प्रोटिनयुक्त खानाहरू खाने
कार्बोहाइड्रेट वा फ्राइड स्न्याक्समा मात्र भर नपर्नुहोस् । सलाद, दाल, पनीर र उमारेको अन्नजस्ता फाइबर र प्रोटिनयुक्त विकल्पहरू छनोट गर्नुहोस् । खाना खानुअघि एक कचौरा सलाद खाँदा अत्यधिक खाना खानबाट बच्न सकिन्छ।
हाइड्रेसनमा विशेष ध्यान दिनुस्
हल्का पेय पदार्थ, प्याकेजमा आउने जुस, वा गुलियो सरबतहरू नखानु वेश हुन्छ । नरिवल पानी, कागती पानी, र तुलसी–चिया पेय पदार्थजस्ता स्वस्थ विकल्पहरू छनोट गर्नुहोस् ।
दिनभरि कम्तीमा ८–१० गिलास पानी पिउनुहोस् ।
सक्रिय रहनुहोस्
दिनभरि टीभी हर्ने वा जतिबेला पनि खाएर बस्ने गर्नु हुन्न । बिहान पैदल यात्रा गर्ने, योग वा नाचगान आदिमार्फत आफ्नो शरीरलाई सक्रिय राख्नुहोस् । खाना खाएपछि १०–१५ मिनेटको पैदल यात्राले रगतमा चिनी नियन्त्रण गर्न मद्दत गर्छ।
तिहारको समयमा मधुमेहका बिरामीहरूले के गर्नु हुन्न ?
धेरै खानबाट बच्नुहोस्
जहाँ पायो त्यतैको मिठाई नखानुहोस्
अबेर राति खाना नखानुहोस्
पानी कम नपिउनुहोस्
नियमित व्यायाम छोड्नु हुन्न ।
यो सामग्री विभिन्न अनलाइन स्रोतबाट तयार पारिएको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण