विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्छ: मन्त्री पुन
सारांश
- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयमा भइरहेको राजनीतिकरण हटाउनुपर्ने बताए।
- उनले प्रधानमन्त्रीको सट्टा बोर्ड अफ ट्रस्टी गठन गरेर कुलपति चयन गर्नुपर्ने सुझाव दिए।
- मन्त्री पुनले समयमा नतिजा ननिकाल्ने विश्वविद्यालयको अनुदान रोकिने चेतावनी दिए।
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयहरूमा भइरहेको राजनीतिकरण हटाउन कुलपति प्रधानमन्त्री हुने व्यवस्था खारेज गर्नुपर्ने बताएका छन्। उनले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अधिकांश उपकुलपतिहरूको सुझावअनुसार विश्वविद्यालय सुधारका लागि राजनीतिकरण निर्मूल पार्नुपर्नेमा जोड दिएका हुन्।
मन्त्री पुनले प्रधानमन्त्रीको सट्टा बोर्ड अफ ट्रस्टी गठन गरेर सोही बोर्डले निष्पक्ष रूपमा कुलपति चयन गर्ने व्यवस्था गर्नुपर्ने बताए। यद्यपि, यसका लागि कानुन संशोधन गर्नुपर्ने भए पनि हाल कानुन संशोधन गर्न नसकिने र अध्यादेश पनि ल्याउन नमिल्ने उनको भनाइ छ। तर, विश्वविद्यालय सुधारका लागि केही मस्यौदा तयार भइरहेको जानकारी उनले दिए।
उनले विश्वविद्यालयहरूले परीक्षाफल समयमा प्रकाशित नगरेको गुनासो आएको भन्दै अब समयमा नतिजा ननिकाल्ने विश्वविद्यालयको अनुदान रोकिने चेतावनीसमेत दिए।
यसका अतिरिक्त, मन्त्रालयले शिक्षकहरूको तलबभत्ता, प्रधानाध्यापक छनोट प्रक्रिया र पाठ्यक्रम परिमार्जन लगायतका कामहरू अगाडि बढाएको मन्त्री पुनले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण