रौतहटमा पोखरीमा डुबेर १४ वर्षीय बालकको मृत्यु
सोमबार, ०३ कात्तिक २०८२, १७ : ००
रौतहट । रौतहटको माधवनारायण नगरपालिका–१ दिपही गाउँमा एक १४ वर्षीय बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार दिपहीका प्रदीप जयसवालका छोरा रबिरंजन जयसवालको डुबेर मृत्यु भएको हो ।
सोमबार बिहान घरका कसैलाई नभनी रबिरंजन बाहिर निस्किएका थिए । खोजतलास गर्ने क्रममा घरदेखि करिब ५०० मिटर पश्चिमतर्फ स्थानीय बिरदुर रायको निजी पोखरीमा डुबेको अवस्थामा फेला परेका थिए ।
स्थानीयवासी र आफन्तहरूले उनलाई तत्काल उद्धार गरी शिवनगरस्थित संजीवनी अस्पतालमा उपचारका लागि लैजाँदा चिकित्सकले दिउँसो करिब २ः३० बजे मृत घोषित गरेका थिए ।
प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ । शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण