तनहुँमा एक पुरुष मृत फेला
सोमबार, ०३ कात्तिक २०८२, २० : ४१
तनहुँ । यहाँको व्यास नगरपालिका वडा नम्बर ४ शितलचोकस्थित भित्री सडकखण्डमा साेमबार साँझ एक व्यक्ति मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा व्यास नगरपालिका वडा नम्बर १० कुमालटारी बस्ने ३५ वर्षीय जेके भन्ने टेकबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि प्रदेश अस्पताल दमौलीमा राखिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
घटनाबारे प्रारम्भिक सोधखोजका क्रममा निजले मादक पदार्थ सेवन गरेको पाइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक विकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण