लक्ष्मीपूजाका दिन एक हजार १५ मेगावाट बिजुली निर्यात
मङ्गलबार, ०४ कात्तिक २०८२, ०२ : ४८
सारांश
- तिहारमा घरघरमा बत्ती बालेर उज्यालो पारिन्छ, फूलले घर सजाइन्छ।
- लक्ष्मीपूजाको दिन देशभर विद्युतको माग १६५० मेगावाट पुग्यो, जसमा १०१५ मेगावाट निर्यात गरियो।
- गत वर्षको भन्दा यस वर्ष लक्ष्मीपूजाको साँझ ४८ मेगावाट बिजुलीको माग बढी भयो।
काठमाडौँ । तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ । घरघरमा दीपावली गर्ने र बत्ती जलाउने, घर उज्यालो बनाउने, फूलहरूले सजाउने यो पर्वको विशेषता र मौलिकता हो । दीपावली र बत्ती एक अर्काका परिपूरक हुन् ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजा ९सोमबार० साँझ देशभर विद्युत्को कूल माग एक हजार ६५० मेगावाट बराबर रहेको छ । यस्तै, लक्ष्मीपूजाको दिन एक हजार १५ मेगावाट बिजुली निर्यात भएको छ ।
प्राधिकरणका अनुसार गत वर्ष लक्ष्मीपूजाको दिन देशभरको कूल विद्युत् माग एक हजार ६०२ मेगावाट रहेको थियो । गत वर्षभन्दा यस वर्ष लक्ष्मीपूजा साँझ कूल बिजुली माग ४८ मेगावाट बढी भएको हो । प्राधिकरणले भारत र बङ्गलादेशमा बिजुली निर्यात गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण