‘वरिष्ठ बलराम’को अग्रिम बुकिङ खुला
काठमाडौँ । फिल्म ‘वरिष्ठ बलराम’को अग्रिम बुकिङ खुला गरिएको छ । दयाहाङ राई र विजय बराल स्टारर फिल्मका लागि मल्टिप्लेक्स सहितका हलले अग्रिम बुकिङ खुला गरेका हुन् ।
फिल्मले कति शो पाएको छ भने अहिले निर्धारण भएको छैन । फिल्मले राम्रो शो पाएको निर्माण पक्षले बताए ।‘तिहारमा धेरै फिल्म रहे पनि शो धेरै ‘वरिष्ठ बलराम’ पाएको छ’, निर्देशक सुरेन्द्र पौडेलले भने, ‘रिलिजपछि शो थपिँदै जानेमा हामी ढुक्क छौँ, किनकि हामीले राम्रो फिल्म बनाएका छौँ ।’
‘वरिष्ठ बलराम’ले राम्रो वर्ड अफ माउथ पाउनेमा उनी ढुक्क छन् । ‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीकाबाट रिलिजमा आउन लागेको फिल्म हो । फिल्ममा दयाहाङ र विजयसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, प्रदीप कुमार चौधरी (पीके), सर्जना सुब्बा, रामबाबु रेग्मी, येशेली योङहाङ, विजया अधिकारी, प्रदिप ढकाल, परमोद अग्रहरी, लबिस गडटौला, सञ्जय थापा, राज न्यौपाने, रौनक सिंह, कमल देवकोटा, सुनिल तामाङ, सन्तोष गिरी, किरण चाम्लिङ राई, कुन्दन थारुको पनि अभिनय छ ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको फिल्ममा पटकथा महेश दवाडीको छ । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको फिल्मको आशिष एच तामाङ र श्रीराज कार्की निर्माता हुन् ।
कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी घिमिरे छन् भने लाइन प्रोडुसरमा राम विष्ट छन् ।मनकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।
फिल्मलाई काठमाडौँ उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण