शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘महादशा’ मा पुजाको जोडी बन्दै प्रभात

मङ्गलबार, ०४ कात्तिक २०८२, १४ : २१
मङ्गलबार, ०४ कात्तिक २०८२

काठमाडौँ । फिल्म ‘महादशा’मा पुजा शर्मा र प्रभात लामाको जोडी देख्न पाइने भएको छ । निर्माण युनिटले तिहारको अवसर पारेर फिल्मको कलाकारमा पूजा फाइनल गरेको हो । प्रभात यस अघि नै फाइनल भएका छन् । फिल्ममा यी दुवै जोडीको रूपमा देखिनेछन् ।

कमेडियनको रूपमा चर्चित प्रभात ‘महादशा’बाट फिल्म डेब्यु गर्न लागेका हुन् । पूजाले थुप्रै फिल्म अभिनय गरिसकेकी छन् । 

निर्माता किरण नेपालीको निर्देशनमा डेब्यु रहने यो फिल्मका लागि यसअघि निरुता सिंह, उत्तम प्रधानका साथै हिपहप कलाकार हाकिम गुरुङ, प्रमोद अग्रहरि र प्रेमा लामगाढे अनुबन्ध भइसकेका छन् ।

अन्य कलाकारमा विनोद न्यौपाने, रियर राई, प्रभात लामा, रामचन्द्र अधिकारी, कमल देवकोटा, पुष्कर भट्ट, दिनेश काफ्ले ,रञ्जन कोइराला, युबिक राज शाह, स्मृति कल्मर, एलिज पुन लगायतको अभिनय रहनेछ ।

निर्देशक किरण नेपालीका अनुसार यो फिल्मले समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिलाई कथाको रूपमा प्रस्तुत गर्नेछ । 

लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा मनिष गौतमको पटकथा,राज के शाह, श्याम मगर र अमलादेवी राई निर्माताको रूपमा छन् ।

लामो समय प्राविधिक पक्ष र निर्माण नियन्त्रणमा सक्रिय सुरज आचार्य यसमा कार्यकारी निर्माताको रूपमा आउन लागेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप