आयुर्वेद अस्पतालमा भर्नासहितको सुविधा
बागलुङ । यहाँको धौलागिरी आयुर्वेद अस्पताल स्तरोन्नति पश्चात् भर्ना गरेरै बिरामीहरूको उपचार गर्न थालिएको छ ।
गण्डकी प्रदेश सरकारले गत वर्ष औषधालयलाई स्तरोन्नति गरी २५ शय्याको अस्पताल बनाएको थियो । अस्पताल प्रमुख डा शरद पन्थीका अनुसार अहिले अस्पतालमा आठ शय्या क्षमतामा बिरामी भर्ना भइरहेका छ ।
अस्पतालले पुरानै कार्यालयलाई व्यवस्थापन गरेर बिरामीको भर्नासहित उपचार गरिरहेको छ । अस्पताल स्तरवृद्धिका लागि प्रदेश सरकारले गत वर्ष रु एक करोड ३६ लाखमा पूर्वाधार निर्माणसँगै जनशक्ति व्यवस्थापन गरेको थियो ।
गत वर्ष बहिरङ्ग सेवाका लागि १७ हजार बिरामी आयुर्वेद औषधालय पुगेका थिए । पछिल्लो तीन महिनामा २९ जना बिरामीले भर्ना भएर उपचार सेवा लिएका छन् ।
अस्पतालमा प्यारालाइसिस, नसा च्यापिएको, हाडजोर्नी, ग्यास्ट्रिकलगायतका बिरामीको भर्ना गरेरै उपचार हुन थालेको छ । त्यसैगरी पञ्चकर्म, पूर्वकर्म, छारसुत्र सर्जरी, अकुपञ्चर र चिकित्सकीय योगलगायतको सेवा प्रदान गर्दै आएको छ ।
अस्पताल भवन भने साँघुरो रहेकाले नयाँ जग्गा व्यवस्थापन र भवन आवश्यक रहेको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण