बेपत्ता वृद्धाको शव एक हप्तापछि भेटियो
सारांश
- म्याग्दीमा ९५ वर्षीया स्यानीमाया खत्रीको शव फेला परेको छ, जो एक हप्तादेखि बेपत्ता थिइन्।
- प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा मंगलबार जामुनाखर्कस्थित सानीचौतारीमा खत्रीको शव फेला पारेको हो।
- खत्रीको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ र उनको मृत्युबारे अनुसन्धान भइरहेको छ।
म्याग्दी । एक हप्तादेखि बेपत्ता बेनी नगरपालिका–६ जामुनाखर्ककी ९५ वर्षीया स्यानीमाया खत्रीको शव भेटिएको छ ।
गत असोज २९ गते दिउँसो ११ बजेदेखि घरबाटै हराएकी खत्रीको शव प्रहरीको तालिमप्राप्त कुकुरको सहयोगमा मंगलबार फेला पारिएको हो । जामुनाखर्कस्थित सानीचौतारीको खोरीयामा स्यानीमायाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले बताए ।
परिवारका सदस्य, आफन्त, स्थानीयबासी र प्रहरीले पाँच दिनसम्म खोज्दा समेत नभेटाएपछि सोमबारदेखि खत्रीलाई खोज्ने पोखराबाट प्रहरीले तालिम प्राप्त कुकुर ल्याएर परिचालन गरिएको थियो ।
खत्रीको शव परीक्षणका लागि प्रदेश अस्पताल बेनीको शवगृहमा राखिएको छ । खत्रीको मृत्युको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । खत्री घरबाटै बेपत्ता भएको विषयमा परिवारका सदस्यले असोज ३१ गते प्रहरीलाई जानकारी गराएर खोजीका लागि अनुरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण