मूर्ति विसर्जन गर्ने क्रममा डुबेर ३ जनाको मृत्यु
बुधबार, ०५ कात्तिक २०८२, १९ : १९
बुटवल । रुपन्देहीमा मूर्ति विसर्जन गर्ने क्रममा डुबेर ३ जनाको मृत्यु भएको छ । बुधबार गैडहवा गाउँपालिका वडा नम्बर ६ सूर्यपुराघाटमा मूर्ति विसर्जन गर्ने क्रममा डुबेर ३ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी एवं प्रवक्ता सुरज कार्कीका अनुसार मायादेवी गाउँपालिका वडा नम्बर–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजनको मृत्यु भएको हो ।
बेपत्ता भएको खबरपछि प्रहरी र स्थानीयले खोजी गर्दा उनीहरूको शव फेला परेको थियो । करिब २०० मिटर तल शव फेला परेको रुपन्देहीका प्रहरी प्रवक्ता कार्कीले बताए ।
दानव र कञ्चन नदी शंगम सूर्यपुरास्थित सन्तेश्वर घाटमा दिउँसो ३ बजे उनीहरू मूर्ति विसर्जनका लागि पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण