भाइटीकाको दिन आज बालगोपालेश्वर मन्दिर खुला
बिहीबार, ०६ कात्तिक २०८२, ०५ : ३८
सारांश
- आज तिहारको भाइटीकाको अवसरमा काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ।
- दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले बालगोपालेश्वर मन्दिरमा पूजा र टीका लगाउने गर्छन्।
- जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि यस्तै परम्परा रहेको छ।
काठमाडौँ । तिहारको भाइटीकाको अवसरमा आज काठमाडौँको रानीपोखरीभित्र अवस्थित बालगोपालेश्वर मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ।
दिदीबहिनी वा दाजुभाइ नहुने व्यक्तिहरूका लागि यो मन्दिर वर्षमा एकपटक भाइटीकाको दिनमात्रै खुल्ने परम्परा रहेको छ। यस्ता व्यक्तिहरूले यस दिन बालगोपालेश्वरको पूजा, दर्शन गरी एकअर्कालाई टीका लगाउने चलन छ।
त्यस्तै, काठमाडौँकै जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी र दाजुभाइ नहुनेहरूले आज पूजा, दर्शन र टीका लगाउने प्रथा रहँदै आएको छ।
वि.सं. २०३५ पछि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर नियमित रूपमा भाइटीकाको दिन खुल्ने गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण