चेल्सीका युवा खेलाडीसामु निरीह बन्यो आयाक्स
सारांश
- चेल्सीले च्याम्पियन्स लिगमा आयाक्सलाई ५-१ ले हरायो, जहाँ तीन किशोर खेलाडीले गोल गरेर कीर्तिमान बनाए।
- १९ वर्षीय मार्क गुइउ चेल्सीका लागि च्याम्पियन्स लिगमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी बने भने १८ वर्षीय एस्तेभाओ विलियनले कीर्तिमान तोडे।
- खेलमा एन्जो फर्नान्डेज, वाउट वेघोर्स्ट, मोइसेस काइसेडो र टायरिक जर्जले पनि गोल गरे भने आयाक्सको प्रदर्शन निराशाजनक रह्यो।
लण्डन । चेल्सीले स्टामफोर्ड ब्रिजमा निकै कमजोर देखिएको आयाक्सलाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको इतिहासमा तीन किशोर खेलाडीले गोल गर्ने पहिलो टोली बनेर कीर्तिमान कायम गरेको छ।
आयाक्सका कप्तान केनेथ टेलरलाई मैदानबाट बाहिर पठाएको एक मिनेट १७ सेकेन्डभित्रै १९ वर्षीय मार्क गुइउले गोल गर्दै चेल्सीका लागि च्याम्पियन्स लिगमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए। तर, ३३ मिनेटपछि नै उनको कीर्तिमान १८ वर्षीय एस्तेभाओ विलियनले तोडे।
पहिलो हाफको अराजक खेलमा एन्जो फर्नान्डेज र वाउट वेघोर्स्टको पेनाल्टी तथा मोइसेस काइसेडोको लामो दूरीको प्रहारपछि विलियनले तेस्रो पेनाल्टीमार्फत गोल गरेका थिए।
दोस्रो हाफमा मैदान प्रवेश गरेका टायरिक जर्जले तीन मिनेटभित्रै गोल गर्दै गोल गर्ने तेस्रो किशोर खेलाडी बने। यसरी चेल्सीले यो अद्वितीय कीर्तिमान कायम गर्यो। यसपछि १७ वर्षीय रेगी वाल्श मैदान प्रवेश गर्दै चेल्सीका लागि च्याम्पियन्स लिगमा खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बने।
च्याम्पियन्स लिग चार पटक जितिसकेको आयाक्सको प्रदर्शन निकै निराशाजनक रह्यो। टेलर र वेघोर्स्टले खराब ट्याकल गरेपछि पाएको पेनाल्टीमा चेल्सीले गोल थप्यो। जर्जले पाँचौँ गोल गरेपछि दुवै टिमको खेलको तीव्रता घट्यो।
चेल्सीका प्रशिक्षक एन्जो मारेस्काले ६५ मिनेटभित्र पाँचवटै परिवर्तन गरेर प्रमुख खेलाडीलाई आराम दिएका थिए। लगातार तेस्रो हारपछि आयाक्स ३६ टोलीको तालिकामा पुछारमा छ।
बायर्न म्युनिखसँग पहिलो खेल हारेपछि लगातार दुई जित निकालेको चेल्सीको अर्को खेल अजरबैजानमा काराबाघसँग हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण