तिहारको टिका लगाएर फर्किँदै गर्दा बसको ठक्करबाट एक जनाकाे मृत्यु
बिहीबार, ०६ कात्तिक २०८२, १५ : ३५
बुटवल । दिदीको हातबाट तिहारको टिका लगाएर फर्किँदै गर्दा देउखुरीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
दाङकाे राप्ती गाउँपालिका वडा नम्बर ५ सिंगे निवासी करिब ६५ वर्षीय राम प्रसाद भट्टराईको बसको ठक्करबाट बिहीबार मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक राेषणराज पाण्डेले जानकारी दिए ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका-५ लमही बजार प्रतिष्ठा पेट्रोल पम्प नजिकै आज दिउँसो बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसले ठक्कर दिएको थियो । गम्भीर घाइते भट्टराईको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण