छठपछि जसपा नेपाल मधेस सरकारमा सहभागी हुने तयारीमा
सारांश
- जसपा नेपालका सचिव शैलेन्द्रप्रसाद साहले छठ पर्व सकिएलगत्तै मधेस प्रदेश सरकारमा सहभागी हुने बताए।
- मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा गठन भएको सरकारले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेको छ।
- जसपाले मधेस प्रदेशलाई सुशासन, विकास र स्थायित्वतर्फ अघि बढाउने प्रतिबद्धता जनाएको छ।
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले पार्टी छठ पर्व सकिएलगत्तै मधेस प्रदेश सरकारमा सहभागी हुने तयारीमा रहेको बताएका छन्। जसपा नेतृत्वले गठबन्धन दलहरूसँग समन्वय गरी सरकारमा प्रवेश गर्ने अन्तिम तयारी गरिरहेको उनले जानकारी दिएका हुन् ।
सचिव साहका अनुसार, मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा गठन भएको नयाँ सरकारले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी छ। त्यसपछि गठबन्धनका दलहरूले साझा नीतिगत कार्यसूची तय गरेर सरकार सञ्चालनमा जुट्नेछन्।
‘छठ पर्व सकिएलगत्तै जसपा नेपाल सरकारमा सहभागी हुनेछ,’ साहले भने, ‘गठबन्धनको साझा एजेन्डाअनुसार मन्त्रीहरू चयन गरिनेछ।’ उनले पार्टीका प्रदेशसभा सदस्यहरू सक्षम, अनुभवी र जनउत्तरदायी रहेको दाबी गर्दै काम गर्न सक्ने, इमानदार र योग्य जनप्रतिनिधिलाई मात्र सरकारमा पठाउने निर्णय भएको बताए।
राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको परामर्शअनुसार संसदीय दलको बैठकले यो निर्णय गरेको हो। जसपाले अब परिणाममुखी शासन र जनताप्रति उत्तरदायी नीति अपनाउने प्रतिबद्धता जनाएको छ। सचिव साहले जसपाको मुख्य उद्देश्य मधेस प्रदेशलाई सुशासन, विकास र स्थायित्वतर्फ अघि बढाउने रहेको बताए।
जसपा नेतृत्वले छठ पर्वपछि औपचारिक रूपमा मन्त्रीहरूको नाम टुङ्गो लगाउँदै सरकारमा प्रवेश गर्ने तयारी गरेको छ। अहिले पार्टीभित्र मन्त्रालय विभाजन र प्रतिनिधित्वको सन्तुलनबारे छलफल जारी रहेको बुझिएको छ। गठबन्धन दलहरूले पनि जसपाको सरकारमा सहभागितालाई सकारात्मक रूपमा लिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण