तनहुँमा विद्युत् चुहावट नियन्त्रणमा प्रगति
सारांश
- नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले दुई वर्षमा विद्युत चुहावट नियन्त्रणमा प्रगति गरेको छ।
- आर्थिक वर्ष २०८१/८२ मा ९.६३ प्रतिशत र २०८०/८१ मा १२.९२ प्रतिशत चुहावट नियन्त्रणमा प्रगति हासिल भयो।
- कार्यालयले गत आर्थिक वर्षमा ६२ करोड ५१ लाख ७३ हजार ३२३ रुपैयाँ विद्युत महसुल संकलन गर्यो, जसमा कार्यालय काउन्टरबाट बढी रकम संकलन भयो।
तनहुँ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विगत दुई वर्षको अवधिमा विद्युत् चुहावट नियन्त्रणमा प्रगति हासिल गरेको छ । केन्द्रले दुई वर्षमा विद्युत् चुहावट नियन्त्रणमा राखेको लक्ष्यभन्दा बढी प्रगति हासिल गर्न सफल भएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा ९ दशमलव ३० प्रतिशत चुहावट नियन्त्रण लक्ष्य रहेकामा ९ दशमलव ६३ प्रतिशत प्रगति हासिल भएको केन्द्र प्रमुख विजयराज रेग्मीले जानकारी दिए । यस्तै आर्थिक वर्ष २०८०/८१ मा सात दशमलव ९२ प्रतिशत चुहावट नियन्त्रण लक्ष्य राखिएकामा १२ दशमलव ९२ प्रतिशत प्रगति हासिल भएको उनले बताए ।
केन्द्रले तनहुँ, लमजुङ, कास्की, नवलपुर र स्याङ्जा जिल्लाका केही क्षेत्रमा सेवा प्रवाह गर्दै आएको छ । रेग्मीका अनुसार तनहुँको व्यास नगरपालिकाका १४ वटै वडा, भानु नगरपालिकाका ९, १०, ११ बाहेक १० वटा वडा, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिकाका ५ बाहेक चार वटा वडा, म्याग्दे गाउँपालिकाका ५ बाहेक छ वटा वडाहरू, ऋषिङ गाउँपालिकाका ५ र ७ बाहेक पाँच वटा वडाहरू, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र घिरिङ गाउँपालिका कार्यक्षेत्र हो ।
यस्तै नवलपुरको बौदीकालि गाउँपालकाका केही भाग, स्याङ्जा जिल्लाको हरिनास गाउँपालिकाका केही भाग, कास्कीको रुपा गाउँपालिका वडा नम्बर ३ र ४, लमजुङको मध्यनेपाल नगरपालिका वडा नम्बर १, २, ३, ४ र ५ यसको कार्यक्षेत्रभित्र पर्दछ ।
कार्यालयबाटै बढी महसुल सङ्कलन
कार्यालयले गत आर्थिक वर्षमा रु ६२ करोड ५१ लाख ७३ हजार तीन सय २३ विद्युत् महसुल सङ्कलन गरेको छ । अनलाइनमाध्यमभन्दा कार्यालय काउन्टरबाट बढी रकम सङ्कलन भएको केन्द्र प्रमुख रेग्मीले जानकारी दिए । उनका अनुसार विभिन्न अनलाइन माध्यमबाट रु २३ करोड ४६ लाख २० हजार सात सय ६५ र कार्यालय काउन्टरबाट रु ३९ करोड पाँच लाख ५२ हजार पाँच सय ५८ सङ्कलन भएको छ ।
अनलाइन माध्यमबाट महसुल बुझाउनेमा ५३ दशमलव ७३ प्रतिशत र कार्यालय काउन्टरबाट महसुल बुझाउनेमा ४६ दशमलव २७ प्रतिशत ग्राहक छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण