न्युजिल्यान्डलाई हराउँदै भारत महिला विश्वकपको सेमिफाइनलमा
सारांश
- भारतले न्युजिल्यान्डलाई ५३ रनले पराजित गर्दै महिला एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ।
- भारतले पहिले ब्याटिङ गर्दै ३४० रन बनायो, जसमा स्मृति मन्धानाले १०९ र प्रतिका रावलले १२२ रन बनाए।
- वर्षाका कारण न्युजिल्यान्डले ३२५ रनको लक्ष्य पाए पनि २७१ रनमा समेटियो, जसले गर्दा भारत सेमिफाइनलमा पुग्यो।
मुम्बई । डीएलएस मेथडका आधारमा न्युजिल्यान्डलाई ५३ रनले पराजित गर्दै आयोजक राष्ट्र भारतले महिला एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ।
बिहीबार नवी मुम्बईको डीवाई पाटिल स्टेडियममा भएको राउन्ड रोबिन खेलमा जित हासिल गरेसँगै भारत नकआउट चरणमा पुग्ने चौथो तथा अन्तिम टिम बनेको छ। योसँगै न्युजिल्यान्ड र श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएका छन्।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४९ ओभरमा ३ विकेट गुमाएर ३४० रन बनायो, जुन भारतको विश्वकपमा अहिलेसम्मकै सर्वाधिक स्कोर हो। भारतका लागि स्मृति मन्धानाले १०९, प्रतिका रावलले १२२ र जेमिमा रोड्रिग्जले ७६ रनको योगदान दिए।

वर्षाका कारण डीएलएस मेथड अनुसार न्युजिल्यान्डले ४४ ओभरमा ३२५ रनको लक्ष्य पायो। तर, न्युजिल्यान्ड निर्धारित ओभरमा ८ विकेट गुमाएर २७१ रन मात्रै बनाउन सफल भयो। न्युजिल्यान्डका लागि ब्रूक हालिडेले ८१ र इजाबेल गेजले ६५ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्।
भारतका लागि बलिङमा क्रान्ति गौड र रेणुका ठाकुरले २-२ विकेट लिए। भारतसहित अस्ट्रेलिया, इंग्ल्यान्ड र दक्षिण अफ्रिकाले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण