गुण्डुमा कस्तो बन्छ ‘ओलीकुटी’ ?
सारांश
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अब गुण्डुमा बस्ने भएका छन्, किनकि उनको बालकोटस्थित निवास आगलागीमा ध्वस्त भएको थियो।
- भक्तपुरको गुण्डुमा ओलीको लागि आवास निर्माणको तयारी भइरहेको छ, जहाँ स्थानीयको भावनात्मक पहलमा 'ओलीकुटी' बन्नेछ।
- महेश बस्नेतले 'ओलीकुटी' निर्माणको संयोजकको भूमिका निर्वाह गर्नेछन्, र देशभरबाट सुझाव तथा समर्थन आइरहेको छ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा आली अबदेखि गुण्डुमै बस्ने भएका छन् । ओलीको निवास भदौ २४ गतेको आन्दोलनमा जलेर ध्वस्त भएपछि उनी बालकोट नफर्केर गुण्डुमै बस्ने भएका हुन् ।
अध्यक्ष ओलीका लागि भक्तपुरको गुण्डुमा आवास निर्माणको तयारी भइरहेको एमाले पोलिटव्युरो सदस्य महेश बस्नेतले सार्वजनिक गरेका छन् । गुण्डुबासीको भावनात्मक पहलमा ओलीको लागि आवास बन्न लागेको र ‘ओलीकुटी’ निर्माणको लागि गुण्डुबासीले सङ्कल्प समेत गरेको बस्नेतको भनाइ छ ।
‘ओलीकुटी’ निर्माणको लागि आफूले संयोजकको भूमिका निर्वाह गर्ने बस्नेतले जानकारी दिए । ‘अध्यक्ष केपी शर्मा ओलीका लागि ‘ओलीकुटी’ निर्माणको सङ्कल्प, स्थानीयले आफ्नै पहलबाट घर बनाउन पहल लिएका छन् म आफू संयोजकको भूमिकामा रहनेछु’, बस्नेतले भनेका छन् ।
भवन कस्तो बनाउने भन्ने विषयमा सुझाव सङ्कलन गर्न लागिएको भन्दै बस्नेतले ओलीकुटी कस्तो देखिन सक्छ ? भनेर फोटो सङ्कलन सुरु भइसकेको र देशभरबाट सुझाव र समर्थन आइरहेको सामाजिक सञ्जालमार्फत बस्नेतले जनाएका छन् ।
निर्माण हुने घरका केही नमुनाहरू समेत बस्नेतले सार्वजनिक गरेका छन् । ओलीले बालकोट स्थित निवास मरणोपरान्त राज्यलाई दिइसकेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण