बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भाइटिकाको फिल्म ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’को कस्तो छ व्यवसाय ?

शुक्रबार, ०७ कात्तिक २०८२, १२ : ३८
शुक्रबार, ०७ कात्तिक २०८२

सारांश

  • भाइटिकाको अवसरमा प्रदर्शनमा आएका 'वरिष्ठ बलराम' र 'सोल्टिनी' ले राम्रो व्यापार गरे।
  • 'वरिष्ठ बलराम' मा दयाहाङ राई र विजय बरालको अभिनय रहेको छ, जसले दर्शकको सकारात्मक प्रतिक्रिया पाएको छ।
  • 'सोल्टिनी' ले कम शो पाए पनि दर्शकको राम्रो साथ पाएको छ, जसमा प्रकाश सपुत र परीक्षा लिम्बूको मुख्य भूमिका छ।

 काठमाडौँ । भाइटिकाको अवसर पारेर बिहीबार (हिजो)बाट प्रदर्शनमा आएका दुई फिल्म ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ले सुरुवाती व्यवसाय राम्रो गर्न सफल भएको छ । फरक कथावस्तुमा निर्माण भएका दुवै फिल्मका निर्माताले फिल्मले देशभर राम्रो व्यवसाय गरेको जानकारी दिए ।

दुई मध्यको एक ‘वरिष्ठ बलराम’ दयाहाङ राई र विजय बरालको मुख्य अभिनय रहेको सुरेन्द्र पौडेल निर्देशित फिल्म हो । फिल्मले दर्शकबाट समेत सकारात्मक प्रतिक्रिया पाएको छ ।

दर्शकहरूले फिल्ममा मनोरञ्जनका साथै सामाजिक सन्देश पनि रहेको प्रतिक्रिया दिएका छन् । विशेष गरी, फिल्मले उठाएको प्राकृतिक स्रोतको दोहनको कथालाई दर्शकहरूले माटो सुहाउँदो स्टोरी भन्दै मन पराएका छन् ।

दर्शकहरूबाट साथ मिलेपछि अभिनेता विजय बराल लगायतका कलाकारहरू बिहानैदेखि दर्शकलाई भेट्न हल हलमा पुगेका थिए । आज बिहान पनि व्यवसाय राम्रो भएको निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । फिल्मको बिहीबार प्रेस शो समेत आयोजना भएको थियो ।

फिल्ममा दयाहाङ राई र विजय बरालका साथै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ । 

त्यस्तै, बिहीबारै रिलिज भएको प्रेमकथामा आधारित ‘सोल्टिनी’ ले शो कम पाए पनि प्राप्त सबै शो मा दर्शक राम्रो पाएको थियो । ‘प्रकाश सपूत र परीक्षा लिम्बूको मुख्य भूमिका फिल्मको अन्तरजातीय प्रेमकथा दर्शकले रुचाएका छन् । दर्शकले धेरै समयपछि  राम्रो प्रेमकथाको फिल्म हेर्न पाएको प्रतिक्रिया समेत दिएका छन् । 

अर्जुन सुवेदी निर्देशित फिल्ममा विल्सनविक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, सुन्दर धिताल लगायतको अभिनय छ । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको ‘हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’ कार्यकारी निर्माताका रूपमा यस फिल्ममा संलग्न छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप