चिनियाँ कम्युनिस्ट पार्टीको बैठक : सन् २०२६ देखि २०३० सम्मको नयाँ कार्ययोजना प्रस्तुत
सारांश
- चिनियाँ कम्युनिस्ट पार्टीले समाजवादी आधुनिकीकरण र प्रविधिमा आत्मनिर्भरताको योजना अघि सारेको छ।
- बैठकमा आगामी पञ्चवर्षीय योजना र चीनको आर्थिक उन्नत शक्ति बन्ने योजना प्रस्तुत गरियो।
- पार्टीले अनुशासनलाई जोड दिँदै ९ जना उच्च सैनिक अधिकारीलाई कारबाही गरेको छ।
चीन । चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ केन्द्रीय समितिको चौथो पूर्ण बैठकले चीनलाई समाजवादी आधुनिकीकरण, प्रविधिमा आत्मनिर्भरता, विश्वसँग उच्चस्तरीय खुलापनको विस्तार, विश्वव्यापी साझा विकासमा सहकार्य र नयाँ विकासका अवसरको खोजी गर्ने योजना अघि सारेको छ ।
पार्टीभित्रको केन्द्रीय अनुशासन आयोग, स्थायी र वैकल्पिक सदस्य सहभागी पूर्ण बैठकले पार्टीभित्रको नेतृत्वमा अनुशासनलाई बढी जोड दिएको छ । पार्टीका महासचिव एवं राष्ट्राध्यक्ष सी चिनपिङ्गको अध्यक्षतामा भएको बैठकमा देशभरका पार्टीका स्थायी समिति र वैकल्पिक केन्द्रीय सदस्यहरू सहभागी भएका थिए ।
बैठकमा १४ औँ पञ्चवर्षीय योजना सन् २०२१ देखि २०२५ सम्मको कार्यसमीक्षा गर्दै आगामी २०२६ देखि २०३० सम्मको नयाँ र आधुनिक कार्य योजना प्रस्तुत गरेको छ । विगत वर्षमा अन्तर्राष्ट्रिय व्यापार प्रतिस्पर्धा, कोभिड–१९ महामारी र देशको अर्थतन्त्रमा आएको चुनौतीहरूको सामना गर्दै चीनले दिगो विकास र मुलुकको समग्र अर्थतन्त्रमा प्रगति हासिल गरेको जनाएको छ ।
बैठकपछि जारी विज्ञप्तिलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले भनेका छन्, ‘१४ औँ पञ्चवर्षीय योजना अवधिमा चीनले विकासका क्षेत्रमा प्राप्त गरेको उपलब्धिको मूल्याङ्कन र आगामी पाँच वर्षको अवधिमा आर्थिक र सामाजिक विकासमा हुने मूल लक्ष्यलाई प्रस्तुत गरिएको छ ।’
बैठकले गरिबी निवारण, देशको सुरक्षालाई अझै सुदृढ र सन् २०३५ सम्म चीनको आर्थिक उन्नत शक्ति बन्ने, विज्ञान र प्रविधिको क्षेत्रमा थप नयाँ खोज अनुसन्धान, राष्ट्रिय प्रतिरक्षात्मक शक्ति सबलीकरण गर्ने योजना अघि सारेको छ ।
चीनले विश्वव्यापी बजारसँग घनिष्ठ सम्बन्ध कायम गर्ने नीतिमा जोड दिँदै विश्वबजारमा विकसित मुलुकले ब्यापार क्षेत्रमा लगाएको अत्यधिक करको विषयलाई ध्यान दिँदै चीनले कसरी व्यापार बढाउन सक्छ भन्ने नीति समेत अगाडि सारेको छ ।
आगामी वर्षमा अझै आउन सक्ने चुनौतीलाई चीनले सजिलै पार लगाउन सक्ने आर्थिक विकास, गरिबी निवारण र सामाजिक सुधारमा चीनले थप प्रगति हासिल गर्ने विश्वास गरिएको छ ।
राष्ट्रिय सुरक्षा, जनताको जीवनस्तर, आर्थिक विकास, परियोजना, विज्ञान र प्रविधिको क्षेत्रमा चीनको आत्मनिर्भरतालाई बढी जोड दिने योजना अघि सारेको चिनियाँ सञ्चारमाध्यम चाइना ग्लोबल टेलिभिजन नेटर्वक (सिजीटिएन)ले जनाएको छ ।
१५ औँ पञ्चवर्षीय योजनामा पहिलो आर्थिक विकास, देशको आन्तरिक स्रोतको परिचालन र आत्मनिर्भर चीनको परिकल्पनालाई साकार पार्ने रहेको छ । चीनले सामना गर्दै आएको अन्तर्राष्ट्रिय व्यापार र सुरक्षाको आधुनिकीकरण र राष्ट्रिय रणनीतिक योजनमा आन्तरिक समन्वय गर्ने नीतिमा जोड दिएको छ ।
पार्टीको केन्द्रीय समितिको बैठक हुनुभन्दा केही दिन अघिमात्र चिनियाँ सेनाका ९ जना उच्च अधिकारीलाई अनुशासनको कारबाही गरिएको थियो । कारबाहीपछि उनीहरू अहिले छानबिनको दायरामा रहेका छन् ।
बैठकले केन्द्रीय सैन्य आयोगको उपाध्यक्षमा झाङ शेंग्मिनलाई नियुक्त गरेको छ । कारबाहीमा परेका केन्द्रीय समितिका सदस्य समेत भएकाले उनीहरुको विकल्पमा अन्य वैकल्पिक सदस्यहरूको नामहरू अनुमोदन हुनेछ ।
चिनियाँ कम्युनिस्ट पार्टीले पार्टीभित्र आन्तरिक अनुशासन र पार्टीभित्र हुने भ्रष्टाचार र अनियमिततालाई निकै कडाइ गर्दै आएको छ । पछिल्लो समय कारबाहीमा परेका ९ जना चिनियाँ जनसेनाका उच्च अधिकारीको कारबाहीपछि पार्टीभित्र अनियमितता गर्ने कसैलाई पनि नछाडने पार्टीको नीति रहेको स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण