जेनजी लगायतका माग सम्बोधन गर्न संसद् पुनर्स्थापना गर्नुपर्छ : उपमहासचिव ज्ञवाली
सारांश
- एमाले उपमहासचिव ज्ञवालीले चुनावको तयारीसँगै संसद पुनर्स्थापनाको एजेन्डालाई प्राथमिकता दिने बताए।
- उनले सरकार चुनाव गराउन इच्छुक नदेखिएको र सुरक्षाको अवस्थाबारे चिन्ता व्यक्त गरे।
- ज्ञवालीले असन्तुष्ट पक्षसँग वार्ता र संविधान संशोधन गर्दै निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुपर्ने बताए।
परासी । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले चुनावको तयारीसँगै एमाले संसद् पुनर्स्थापनाको एजेन्डालाई प्राथमिकतामा राखेर अघि बढेको बताएका छन् । नवयुवा पुस्तासहित असन्तुष्ट पक्षका माग सम्बोधन गर्न संसद् पुनर्स्थापना नै उत्तम विकल्प रहेको उनले जिकिर गरे ।
पश्चिम नवलपरासीको सुनवलमा शनिबार आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै एमाले नेता ज्ञवालीले फागुन २१ मा तोकिएको चुनाव गराउने पक्षमा सरकार नदेखिएको दाबी समेत गरे ।
‘चुनाव हुने सम्भावना नेकपा एमालेले आजको मितिसम्म देखेको छैन, पहिलो कुरा चुनाव गराउने सरकारको मनसाय नै देखिँदैन, चुनाव गराउँदा उनीहरूका उद्देश्य पूरा हुँदैनन्’, उनले भने, ‘सुरक्षाकर्मीबाट लुटिएको एक हजार बढी हतियार बाहिर छन्, भगाइएका १४ हजार कैदीमध्ये साढे ५ हजार अझै पनि बाहिरै छन्, गम्भीर अपराधमा संलग्न उनीहरूलाई कतिबेला कसले प्रयोग गर्छ, टुंगो छैन, प्रहरीको मनोबल घटेको छ, यस्तो अवस्थामा चुनाव हुन्छ भनेर कसरी कल्पना गर्ने ?’
भदौ २३ गतेको घटनालाई आधार बनाएर राजनीतिक दलहरूलाई जसरी पनि फसाउने र २४ गतेको घटनालाई विद्रोहको संज्ञा दिएर उन्मुक्ति दिने सरकारको नियत देखिएकोले चुनाव हुने वातावरण नदेखिएको उनले स्पष्ट पारे । उनले संसद् पुनर्स्थापनाका लागि एमालेले दबाबमूलक कार्यक्रमहरु अघि बढाउने बताउँदै विचलित नभई उच्च मनोबलका साथ अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
उनले भने– ‘पुनर्स्थापित हुने संसद्ले सर्वदलीय सहमतिको सरकार बनाउने, त्यसले जेनजी लगायतका असन्तुष्ट पक्षसँग वार्ता गर्ने, त्यसको आधारमा संविधान संशोधन गर्ने, आवधिक चुनाव गर्ने र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने, यो कोर्सबाट अघि बढ्दा मुलुकले निकास पाउँछ भन्ने हाम्रो पार्टीको धारण हो ।’
भदौ २३ र २४ गतेको जेनजी पुस्ताको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गरी योजनाबद्ध रूपमा मुलुकलाई कमजोर बनाउने गरी विध्वंसात्मक गतिविधि गरिएको बताउँदै एमाले उपमहासचिव ज्ञवालीले केही पात्रहरू संविधान र लोकतन्त्र समाप्त पार्ने खेलमा अझै पनि लागिरहेको जिकिर गरे । एमालेले महाधिवेशन तोकिसकेकाले अब नेतृत्वको विषयमा महाधिवेशनले नै टुङ्गो लगाउने उनले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण