शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

विश्वकपमा किङ्गको कीर्तिमानी प्रदर्शन, अस्ट्रेलियाको सहज जित

शनिबार, ०८ कात्तिक २०८२, २२ : १८
शनिबार, ०८ कात्तिक २०८२

सारांश

  • अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ७ विकेटले हराउँदै सेमिफाइनलमा भारतसँगको भेट पक्का गर्यो।
  • अलाना किङ्गले ७ विकेट लिँदै महिला एकदिवसीय विश्वकपमा उत्कृष्ट बलिङ प्रदर्शन गरिन्।
  • अस्ट्रेलियाले समूह चरणका सबै ६ खेल जितेर तालिकामा शीर्ष स्थान सुरक्षित गर्यो।

इन्दौर । अलाना किङ्गले महिला एकदिवसीय विश्वकपको इतिहासमा उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई सात विकेटले पराजित गर्दै सेमिफाइनलमा भारतसँगको भेट पक्का गरेको छ।

लेग-स्पिनर किङ्गले सात ओभरमा मात्र १८ रन खर्चेर ७ विकेट लिएपछि दक्षिण अफ्रिका ३२-० को अवस्थाबाट २४ ओभरमा ९७ रनमा अल आउट भयो। अस्ट्रेलियाले १९९ बल बाँकी रहँदै लक्ष्य पूरा गर्‍यो।

लक्ष्य पछ्याउने क्रममा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले सुरुवाती ६ ओभरभित्र ११(२ को स्थितिमा केही समस्या झेलेको थियो, तर त्यसपछि बेथ मुनी ९४२० र जर्जिया भोल ९३८ अविजित० ले टिमलाई सहज जित दिलाउन सफल भए।

किङ्ग महिला एकदिवसीय क्रिकेटमा ७ विकेट लिने छैटौँ महिला तथा तेस्रो अस्ट्रेलियन बनेकी छिन् । महिला विश्वकपमा यस्तो गर्ने उनी पहिलो खेलाडी हुन्। उनले सन् १९८२ मा भारतविरुद्ध न्युजिल्यान्डकी बलर ज्याकी लर्डको ६-१० को कीर्तिमान तोडिन्।

इन्दौरमा भएको यो जितले अस्ट्रेलियाले समूह चरणका आफ्ना सबै ६ खेल जितेर तालिकामा शीर्ष स्थान सुरक्षित गरेको छ। यसको अर्थ उनीहरूले अक्टोबर ३०, बिहीबार चौथो स्थानमा रहेको भारतको सामना नवी मुम्बईमा गर्नेछन्।

दक्षिण अफ्रिकाले अक्टोबर २९, बुधबार गुवाहाटीमा हुने पहिलो सेमिफाइनलमा इंग्ल्यान्डसँग खेल्नेछ। इंग्ल्यान्डले आइतबार न्युजिल्यान्डलाई हराएमा दोस्रो स्थानमा उक्लिन सक्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप