अपडेट
सुनको मूल्य ११ हजार ६०० रुपैयाँ घट्यो
आइतबार, ०९ कात्तिक २०८२, ११ : ३२
सारांश
- आज सुनको मूल्य ११ हजार ६०० रुपैयाँले घटेको छ, तिहारपछि बजार खुल्दा सुनको मूल्यमा गिरावट आएको हो।
- छापावाल सुनको मूल्य तोलाको २,४१,९०० रुपैयाँ कायम भएको छ, भने चाँदीको मूल्य पनि घटेको छ।
- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा नेपाली बजारमा यसको प्रत्यक्ष प्रभाव परेको छ।
काठमाडौं । आज सुनको मूल्य ११ हजार ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तिहारपछि खुलेको बजारमा सो बराबरको मूल्य घटेको हो ।
आज छापावाल सुनको मूल्य तोलाको दुई लाख ४१ हजार ९०० रुपैयाँ कायम भएको छ । तिहार बिदाअघि यो मूल्य सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँ कायम थियो ।
चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले घटेको घटेर ३ हजार १५ रुपैयाँमा कायम भएको छ । यसअघि चाँदीको मूल्य प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पुनको मूल्य घटेका कारण नेपाली बजारमा यसको प्रभाव देखिएको हो । गत बिहीबार सुनको एकैदिन मूल्य इतिहासकै सबैभन्दा धेरैले घट्ने रेकर्ड बनाएको थियो । शुक्रबार समेत घटेको मूल्य शनिबार भने केही सम्हालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण