भैरहवामा एयर एसियाको पुनः उडान सुरु
आइतबार, ०९ कात्तिक २०८२, १३ : ५२
सारांश
- थाई एयर एसियाले भैरहवामा पुनः उडान सुरु गरेको छ, जुन चैतबाट रोकिएको थियो।
- आइतबार र बुधबार गरी हप्तामा दुई पटक बैंकक-भैरहवा-बैंकक उडान हुनेछ।
- पहिलो उडानमा १७ यात्रु आएका थिए भने फर्कंदा १६७ यात्रु जाने तयारी छ।
बुटवल । थाई एयर एसियाले भैरहवामा आजबाट पुनः उडान सुरु गरेको छ । गत चैतबाट रोकिएको उडान आजबाट पुनः सुरु भएको हो । सो एयरलाइन्सले आइतबार र बुधवार गरी सातामा २ पटक बैंकक–भैरहवा–बैंकक उडान थालेको हो।
थाई एयर एसियाको जहाज दिउसो पौने १ बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले रातोपाटीलाई जानकारी दिए ।
आज १७ जना यात्रु लिएको आएको विमानले जाँदा १६७ यात्रु लिएर जाने तयारी गरेको उनले बताए । आज लामो समयपछि फस्ट उडान भएका कारण आउँदा थोरै यात्रु आए पनि जाँदा धेरै भएको उनले बताए ।
थाइल्यान्डको बैंककबाट भैरहवा उडान गर्नको लागि एयर एसियाले गत असारमै अनुमति लिएर टिकट खुल्ला गरेको थियो। उडानका लागि टिकट बिक्री पनि राम्रो भएको एयरलाइन्सले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण