२५ सीडीओसहित ३६ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
सारांश
- गृह मन्त्रालयले ३६ सहसचिवहरूको सरुवा गरेको छ।
- आइतबार मन्त्रालयले अधिकांश प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ।
- रुपन्देहीका प्रजिअ टोकराज पाण्डेलाई लमजुङ सरुवा गरिएको छ।
काठमाडाैँ । गृह मन्त्रालयले ३६ सहसचिवहरूको सरुवा गरेको छ । आइतबार मन्त्रालयले ३६ सहसचिवकाे सरुवा गर्दा २५ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ)हरूको समेत जिम्मेवारी हेरफेर गरेको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार सहसचिव सरुवाको निर्णय गरेका हुन् । रुपन्देहीका प्रजिअ टोकराज पाण्डेलाई लमजुङ सरुवा गरिएको छ ।
पश्चिम नवलपरासीको प्रजिअमा कृष्ण प्रसाद लम्साल, कैलालीमा हिरालाल रेग्मी, दोलखामा नारायण प्रसाद रिसाल, पर्सामा भोला दाहाल र अर्घाखाँचीमा तोय नारायण सुवेदीलाई पठाइएको छ । सुवेदी पर्साको प्रजिअको रूपमा कार्यरत थिए ।
धनुषामा प्रेम प्रसाद लुईँटेल,कपिलवस्तुमा जनार्दन गौतम र रुपन्देहीमा माधव प्रसाद पोखरेललाई सरुवा गरिएको छ ।
बाँकेमा कार्यरत प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई उदयपुर, बर्दियामा कार्यरत सुरेन्द्र पौड्याललाई सिराहा र रौतहटमा कार्यरत विनोद कुमार खड्कालाई धनकुटाको प्रजिअमा सरुवा गरिएको छ । बाँकेमा दिल कुमार तामाङ, रौतहटमा निदेश सागर भुषाल र गुल्मीमा आनन्द सारुलाई पठाइएको छ ।
अछाममा विष्णु प्रसाद कोइराला, बारामा धर्मेन्द्र कुमार मिश्र, काभ्रेमा गोपाल अधिकारी र ललितपुरमा प्रेम प्रसाद भट्टराईलाई सरुवा गरिएको छ ।
मोरङमा युवराज कट्टेल, बर्दियामा गोगन बहादुर हमाललाई पठाइएको छ । महोत्तरीमा इन्द्रदेव यादव, भक्तपुरमा उमेश कुमार ढकाल र सुनसरीमा बासुदेव घिमिरेलाई सरुवा गरिएको छ ।
झापामा शिवराम गेलाललाई पठाइएको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण