एस्टन भिल्लासँग म्यान्चेस्टर सिटी पराजित
आइतबार, ०९ कात्तिक २०८२, २१ : ५६
काठमाडौँ । प्रिमियर लिग फुटबलमा एस्टन भिल्लासँग म्यान्चेस्टर सिटी पराजित भएको छ । आइतबार भएको खेलमा सिटी एस्टन भिल्लासँग १–० गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा भएको खेलमा एस्टन भिल्लालाई जित दिलाउन म्याथी क्लासले निर्णायक गोल गरे । उनले खेलको १९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।
यो हारले सिटीले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । लिगमा ९ खेल खेलेको सिटीले १६ अङ्क जोडेर तालिकाको चौथो स्थानमा छ ।
जित निकालेको एस्टन भिल्ला १५ अङ्क जोडेर तालिकाको सातौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण