अमेरिका-चीनबिच व्यापार सम्झौताको ‘आधारभूत सहमति’
सारांश
- अमेरिका र चीन व्यापार सम्झौताको आधारभूत सहमतिमा पुगेका छन्, जसमा टिकटक र दुर्लभ खनिजको विषय समावेश छ।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच दक्षिण कोरियामा बिहीबार वार्ता हुने कार्यक्रम छ।
- दुवै देशले व्यापार युद्धलाई थप बढ्न नदिन प्रयास गरिरहेका छन्, र करहरू टर्नेछन्।
क्वाललम्पुर । अमेरिका र चीनले सम्भावित व्यापार सम्झौताको आधारभूत सहमति गरेका छन् । यो सहमति दुई देशका नेताहरूबिच यसै साता हुने भेटवार्तामा छलफल गरिने अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले बताएका छन् ।
बेसेन्टले बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएस लाई बताएअनुसार यो सहमतिमा टिकटकको अमेरिकी सञ्चालनसम्बन्धी ‘अन्तिम सम्झौता’ र चीनले कडा पारेको दुर्लभ खनिज नियन्त्रण लाई स्थगित गर्ने विषय समावेश छ ।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएको चिनियाँ सामानमाथिको १०० प्रतिशत कर (ट्यारिफ) लागू नहुने अपेक्षा गरेको पनि बताएका छन् । यसको बदलामा चीनले अमेरिकासँग पर्याप्त मात्रामा भटमास खरिद पुनः सुरु गर्नेछ ।
विश्वका यी दुई ठुला अर्थतन्त्रहरूबिचको व्यापार युद्धलाई थप बढ्न नदिन दुवै राष्ट्रले प्रयास गरिरहेका छन् । ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच दक्षिण कोरियामा बिहीबार वार्ता हुने कार्यक्रम छ ।
एसिया भ्रमणमा रहेका ट्रम्पसमेत सहभागी भएको मलेसियामा आयोजित दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) शिखर सम्मेलनको साइडलाइनमा बेसेन्टले वरिष्ठ चिनियाँ व्यापार अधिकारीहरूसँग भेट गरेका थिए । बेइजिङले भेटवार्तालाई ‘रचनात्मक’ भएको बताएको छ ।
बेसेन्टले दुई देशले ‘दुई नेताका लागि एक सारभूत ढाँचामा पुगेको’ बताएका छन् । उनले ‘करहरू टर्नेछन्’ भन्ने थप जानकारी पनि दिएका छन् ।
चिनियाँ सरकारले एक विज्ञप्ति जारी गर्दै दुवै वार्ता टोली ‘आआफ्नो सरोकारलाई सम्बोधन गर्नका लागि व्यवस्थामा आधारभूत सहमतिमा पुगेको’ बताएको छ । ‘दुवै पक्ष विशिष्ट विवरणहरूलाई थप अन्तिम रूप दिन सहमत भएका छन्,' विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण