कैलालीमा घरायसी विवादमा श्रीमानको हत्या, श्रीमती पक्राउ
सारांश
- कैलालीको जोशीपुरमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन्।
- घरायसी विवादमा ३५ वर्षीया सुनितादेवी कठरियाले ५० वर्षीय श्रीमान् लखनलाल कठरियाको हत्या गरिन्।
- प्रहरीले घटनामा प्रयोग भएको हथौडा बरामद गरी सुनितालाई हिरासतमा लिएको छ र थप अनुसन्धान भइरहेको छ।
धनगढी । कैलालीको जोशीपुर गाउँपालिका–३ मा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । घरायसी विवादका क्रममा ३५ वर्षीया सुनितादेवी कठरियाले ५० वर्षीय श्रीमान् लखनलाल कठरियाको हथौडा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार शनिबार राति करिब ११ बजेतिर विवाद हुँदा सुनिताले श्रीमानमाथि हथौडाले प्रहार गरेकी थिइन् । गम्भीर घाइते भएका लखनलाललाई उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी सिंहले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानबाट हथौडा प्रहारबाटै मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ । घटनामा प्रयोग भएको हथौडा प्रहरीले बरामद गरेको छ ।
सुनितालाई हिरासतमा राखी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनीहरूबीच के विषयमा विवाद भएको थियो भन्नेबारे अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण