छठ पर्वप्रति नेपालगञ्जवासीको मोह बढ्दै
सारांश
- नेपालगञ्जमा छठ पूजा गर्नेको संख्या बर्सेनि बढ्दै गएको छ, करिब ७०० परिवारले छठ पूजा गर्छन्।
- मिथिला समाजका अध्यक्षका अनुसार, भक्तजनहरूले मनोकामना पूरा भएको विश्वास गर्छन्।
- पहिले पूर्वी तराईका मानिसहरूले मात्र मनाउने गरेको भए पनि अहिले स्थानीय र पहाडी समुदायले पनि छठ मनाउन थालेका छन्।
बाँके । पश्चिम तराईको सहर नेपालगञ्जमा छठ पूजा गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । मिथिलावासीले मनाउँदै आएको छठ पर्वप्रतिको मोह नेपालगञ्जवासीमा विस्तार हुँदै गएको मिथिला समाज बाँकेका अध्यक्ष घनश्याम पाठकले बताए ।
‘नेपालगञ्जमा ५/६ जनाबाट केही वर्षअघि सुरु भएको छठ पूजा गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ’, पाठकले भने, ‘हाल करिब ७०० परिवारले बागेश्वरी तलाउमा निष्ठापूर्वक छठ पूजा गर्दै आउनुभएको छ ।’
छठको दिनमा पूजा गर्दा भक्तजनले मनमा चिन्तन गरेको मनोकाङ्क्षा पूरा भएकाले नेपालगञ्जमा छठपर्व मनाउनेको सङ्ख्या बर्सेनि बढ्दै गएको उनको भनाइ छ ।
पूर्वी तराईबाट कामको सिलसिलामा नेपालगञ्ज आएर बसेकाहरूले मात्र यो पर्व मनाउने गरे पनि पछिल्लो समय नेपालगञ्जका रैथाने र पहाडी मूलका नेपालीले समेत छठ मनाउन थालेको नेपालगञ्जका कानुन व्यवसायी विश्वजीत तिवारीले बताए । उनले छठ सबै नेपालीको साझा भइसकेको उल्लेख गरे ।
‘पूर्वी तराईमा सीमित छठ नेपालगञ्ज क्षेत्रका बासिन्दाले समेत धुमधामका साथ मनाउन थालेपछि सामाजिक एवं धार्मिक सदभावमा सहयोग पुगेको छ’, तिवारीले भने- ‘एकले अर्काको धर्म र संस्कृतिको सम्मान गरेकै कारण नेपालगञ्जमा अन्तरधार्मिक सदभाव मजबुद छ ।’
पूर्वबाट आएकाहरूलाई साथ दिन र भगवानप्रतिको आस्था बढ्दै गएकाले छठ मनाउनेको सङ्ख्या बढेको तिवारीको भनाइ छ । नेपालगञ्जको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरमा रहेको तलाउमा छठपूजा गर्नेको भीड लाग्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण