ललितपुरको किष्ट अस्पतालमा झडप
सोमबार, १० कात्तिक २०८२, १३ : ५८
सारांश
- ललितपुरको किष्ट अस्पतालमा बिरामीको मृत्युलाई लिएर झडप भएको छ।
- सुत्केरी गराउन भर्ना भएकी मिना राईको मृत्युपछि आफन्तले प्रदर्शन गरेका थिए।
- प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ढुङ्गा प्रहार भएको एसपी चक्रराज जोशीले बताए।
काठमाडौँ । बिरामीको मृत्युको विषयलाई लिएर ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा झडप भएको छ । कात्तिक ८ मा सुत्केरी गराउन अस्पताल भर्ना गरिएकी मिना राईको मृत्यु भएको थियो ।
उनका आफन्तले अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै सोमबार अस्पताल बाहिर प्रदर्शन गरेका छन् । मृतकका आफन्तले विरोध प्रदर्शन गर्ने तयारी गरेसँगै अस्पताल परिसरमा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।
प्रदर्शनकारी र प्रहरीको बिचमा झडप भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए । उनले भने– ‘प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेपछि झडपको अवस्था आएको हो ।’
प्रदर्शनकारीहरूले मिना राईलाई न्याय दिनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण