समयमै निर्वाचन गर्न नसके सरकार असफल हुन्छ : अर्याल
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति तथा पूर्वमन्त्री डोल प्रसाद (डीपी) अर्यालले अहिलेको सरकारको म्याण्डेट ६ महिनाभित्र निर्वाचन गर्ने भएको बताएका छन् ।
उनले समयमै निर्वाचन गर्न नसके यो सरकार असफल हुने दाबी गरेका छन् ।
रास्वपा रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको छठ पर्वको शुभकामनासहित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कार्यवाहक सभापति अर्यालले निर्वाचन समयमै भयरहित र निष्पक्ष तरिकाले सम्पन्न गर्न सरकारले राजनीतिक दल, नयाँ शक्ति, पछिल्लो पुस्ता, सबैसँग समन्वय गरेर काम गर्नुपर्ने बताए ।
उनले रास्वपाले निर्वाचन केन्द्रित कार्यक्रम अघि बढाएको बताउँदै आफ्नो पार्टी जनताको हितमा काम गर्न सधैँ अग्रसर रहेको उल्लेख गरे ।
उनले मुलुक लोकतन्त्र, गणतन्त्रमा रहेकोले यही संविधानभित्र रहेर सङ्घीयतालाई अब्बल, अझ राम्रो बनाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण