काठमाडाैँ गोर्खाजमा रिकार्डो भास्कोनेसेलोस अनुबन्ध
काठमाडौँ । काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनका लागि पहिलो विदेशी खेलाडीको रूपमा विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोसलाई अनुबन्ध गरेको छ ।
दक्षिण अफ्रिकामा जन्मिएका रिकार्डो हाल इंग्ल्यान्डको घरेलु क्रिकेटमा खेल्दै आएका छन् । सोमबार आफ्नो २८ औँ जन्मदिन मनाइरहेका रिकार्डोलाई काठमान्डु गोर्खाजले पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको हो ।
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा जन्मिएका रिकार्डोले दक्षिण अफ्रिकाको यू–१९ राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । उनले दक्षिण अफ्रिकाको घरेलु क्रिकटमा बोल्यान्डबाट प्रथम श्रेणीको क्रिकेटमा ‘डेब्यु’ गरेका थिए ।
रिकार्डो पछिल्लो समय इंग्ल्यान्डमा घरेलु क्रिकेट खेल्दै आएका छन् । नर्थम्टनसायरबाट काउन्टी क्रिकेट खेल्नुका साथै भाइटालिटी ब्लास्ट खेलिरहेका छन् ।
साथै उनी यस टोलीको कप्तान पनि रहेका थिए । दुई महिना अघि सम्पन्न भाइटालिटी ब्लास्टको २०२५ संस्करणमा रिकार्डोले १४२ माथिको स्ट्राइक रेटमा १५ खेलमा ३ सय ४२ रन बनाएका थिए । भाइटालिटी ब्लास्टमा उनले कुल ६० खेलमा १२७ माथिको स्ट्राइक रेट १४४६ रन बनाइसकेका छन् ।
काठमाडौँ स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डु गोर्खाज रिकार्डोको अनुबन्धनलाई लिएर निकै उत्साहित छ । मार्की खेलाडी करण केसीसहित भीम सार्की, साहव आलम, रशिद खान, दीपेश क“डेल र प्रतिक श्रेष्ठलाई रिटेन गरेको काठमान्डु गोर्खाजले मिनी अक्सनबाट मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापालाई लिएको थियो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा काठमाडाैँ गोर्खाजले खेल्ने छ । टोलीको प्रशिक्षकमा बसन्त शाही रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण