जापानी प्रधानमन्त्री ताकाइचीले नोबेल पुरस्कारको लागि ट्रम्पको नाम सिफारिस गर्न सक्ने
सारांश
- नोबेल शान्ति पुरस्कार 'भ्रातृत्व प्रवर्द्धन गर्ने' व्यक्ति वा संस्थाहरूलाई प्रदान गरिन्छ।
- यस वर्ष ट्रम्पको नाम चर्चामा रहे तापनि भेनेजुएलाकी मारिया कोरिना माचाडोलाई पुरस्कार दिइयो।
- पाकिस्तान र क्याम्बोडियाले ट्रम्पको नाम सिफारिस गरेका थिए भने जापानकी ताकाइचीले पनि सिफारिस गर्ने योजना बनाइन्।
टोकियो । ‘राष्ट्रहरूबिच भ्रातृत्व प्रवर्द्धन गर्न, सैन्य तैनाती घटाउन, वा शान्ति सम्मेलनहरू आयोजना र प्रवर्द्धनमा उत्कृष्ट काम प्रमाणित गर्ने’ व्यक्ति वा संस्थाहरूलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिन्छ ।
यस वर्ष नोबेल शान्ति पुरस्कारको घोषणा हुनुभन्दा धेरै अघि देखि नै ट्रम्पको नाम चर्चामा रह्यो । दोस्रो पटक कार्यभार सम्हाले देखि नै आफूलाई ‘पिस मेकर’को रूपमा पेस गरिरहेका ट्रम्पले यो पुरस्कार पाएनन् । बरु भेनेजुएलाकी राजनीतिज्ञ मारिया कोरिना माचाडोलाई यो पुरस्कार दिने घोषणा गरियो ।
पाकिस्तान र क्याम्बोडियाले ट्रम्पको नाम नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेका थिए । जापानकी पहिलो महिला प्रधानमन्त्री सानेई ताकाइचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारको लागि सिफारिस गर्ने योजना बनाइरहेकी छिन् ।
कयौँ जापानी सञ्चार माध्यमहरूले यसबारे समाचार छापेका छन् । एनटीभीका अनुसार, ताकाइचीले ट्रम्पलाई आफ्नो मनसायको बारेमा जानकारी गराउने तयारी पनि गरिरहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण