संगीत बमको १० सेकेण्डको अनौठो पत्रकार सम्मेलन
सारांश
- युवा सङ्गीत बमले रिपोर्टर्स क्लबमा १० सेकेन्डमै पत्रकार सम्मेलन गर्दै विरोध जनाए।
- उनले 'द गेम अफ लुसिफर' भन्दै दुई औंला उठाएर विरोध जनाए, पत्रकारलाई समाचार बनाउन आग्रह गरे।
- उनले 'भी' साइनलाई युवा शक्तिको आवाज र पुरानो व्यवस्थालाई धुलोमा मिलाउने संकेतको रूपमा प्रस्तुत गरे।
काठमाडौँ। गत भदौ २३ र २४ गते सुरु भएको जेनजी आन्दोलनको राप अझै सेलाएको छैन। सोही विद्रोहको साङ्केतिक सन्देश दिँदै मङ्गलबार बिहान सङ्गीत बम नामक एक युवाले रिपोर्टर्स क्लब नेपालमा १० सेकेन्डमै पत्रकार सम्मेलन टुङ्ग्याएका छन्।
पत्रकार सम्मेलनका लागि सञ्चारकर्मीहरू बिहान ११ बजे नै तोकिएको स्थानमा पुगेका थिए। तर, मञ्चमा पुगेपछि बमले ‘द गेम अफ लुसिफर’ भन्दै साङ्केतिक विरोध स्वरूप पत्रकार सम्मेलन गरे। उनले उपस्थित भएर दुई औँला ठड्याए र बाँकी औँला खुम्च्याएर विरोध जनाए। उनले कुनै प्रतिक्रिया नदिई समाचार बनाउने जिम्मा पत्रकारहरूलाई नै दिएपछि सम्मेलन त्यत्तिकै सकियो।
तस्बिरमा देखिएजस्तै सेतो परम्परागत पोसाकमा सजिएका सङ्गीत बम दाहिने हात उठाएर मञ्चमा उभिएका थिए। केहीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई ‘लुसिफर’ को संज्ञा दिँदै आएका छन्।
–न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण