आज जे भइरहेको छ यो क्रान्ति होइन, भाँडभैलो हो: ज्योती मगर
मङ्गलबार, ११ कात्तिक २०८२, १४ : २२
सारांश
- गायिका ज्योति मगरले पछिल्लो समय क्रान्तिको नाममा भइरहेको अराजकताको आलोचना गरेकी छिन्।
- उनले जेनजी आन्दोलनले लय समात्न नसकेको र अहिले भाँडभैलो मात्रै मच्चिएको बताइन्।
- मगरले राणा शासन, पञ्चायत र राजतन्त्रविरुद्धको क्रान्ति मात्र जनताको हितमा भएको उल्लेख गरिन्।
काठमाडौँ । गायिका ज्योति मगरले पछिल्लो समय क्रान्तिको नाममा अराजकता र भाँडभैलो मच्चिएको बताएकी छन् । जेनजी आन्दोलनले लय समात्न नसकेको सङ्केत गर्दै उनले अहिले भाँडभैलो मात्रै मच्चिएको बताएकी हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा मंगलबार एक पोस्ट गर्दै उनले भनेकी छन्, ‘ आज जे भइरहेको छ, यो क्रान्ति होइन । यो अराजकता र भाँडभैलो हो।’
उनले राणा शासन, पञ्चायत र राजतन्त्रविरुद्ध भएको क्रान्ति मात्र नेपाली जनताको हकहितका लागि भएको समेत जिकिर गरेकी छन् । भलै नेताहरूले त्यो क्रान्तिअनुसार जनअपेक्षा पूरा गर्न नसकेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण