बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘बाहुबलीः द एपिक’को अग्रिम बुकिङः प्रतिघण्टा पाँच हजार बढी टिकट बिक्री

मङ्गलबार, ११ कात्तिक २०८२, १४ : १८
मङ्गलबार, ११ कात्तिक २०८२

मुम्बई । भारतीय सिनेमाको सबैभन्दा भव्य अध्याय ‘बाहुबली’ एकपटक फेरि ठुलो पर्दामा फर्कँदै छ । एसएस राजामौलीको निर्देशनमा बनेको फिल्मको विस्तारित संस्करणले रिलिजअघि नै अग्रिम बुकिङमा राम्रो कमाउन सफल भएको छ । 

रिपोर्टअनुसार ‘बाहुबलीः द एपिक’को पुनः सम्पादित संस्करण बुकिङ खुल्नेबित्तिकै केही घण्टामै २ करोड रुपैयाँभन्दा बढीका टिकटहरू बिक्री भएका छन् । हैदराबादसहित धेरै सहरहरूमा शोहरू केही मिनेटमै ‘हाउसफुल’ भएका छन् ।

फिल्मको यो नयाँ रूप ‘वन एपिक कट’ नामले प्रस्तुत गरिएको छ, जसमा ‘बाहुबलीः द बिगिनिङ’ र ‘बाहुबली २ः द कन्क्लुजन’लाई एकैसाथ जोडेर एउटा शानदार सिनेम्याटिक अनुभव सिर्जना गरिएको छ । रिपोर्टका अनुसार फिल्मको प्रतिघण्टा पाँच हजारभन्दा बढी टिकटहरू बिक्री भइरहेका छन् । 

भारतमा मात्र होइन, विदेशमा पनि ‘बाहुबलीः द एपिक’ले रेकर्ड तोड्न सुरुवात गरेको छ । उत्तर अमेरिकामा फिल्मले करिब १.६ करोड रुपैयाँ (भारु) को अग्रिम बुकिङ गरेको छ, जुन कुनै पनि भारतीय पुनः रिलिज फिल्मका लागि एउटा ठुलो उपलब्धि हो ।

विश्वभर फिल्मको अग्रिम बिक्रीले ५ करोड रुपैयाँको आँकडा पार गरिसकेको छ, जसले राजामौली र प्रभासको जोडीको जादु अझै पनि कायम रहेको देखाउँछ । 

वी विजयेंद्र प्रसादले यसको कथा लेखेका हुन् । फिल्ममा प्रभास, राणा दग्गुबाती, अनुष्का शेट्टी, तमन्ना भाटिया, राम्या कृष्णन र सत्यराजजस्ता कलाकारको अभिनय छ । फिल्म ३१ अक्टोबरमा रिलिज हुँदै छ । फिल्मलाई हिन्दी, मलयालम, तेलुगु र तमिल चार भाषामा रिलिज गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप