बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

यी मानिसले खानु हुन्न गाजर

मङ्गलबार, ११ कात्तिक २०८२, १४ : २९
मङ्गलबार, ११ कात्तिक २०८२

काठमाडौँ । जाडोयाम नजिकिँदै जाँदा बजारमा गाजर छ्यापछ्याप्ती पाइन्छ । गाजर खानुका अनेक स्वास्थ्य लाभ छन् । जाडो मौसममा तात्तातो गाजरको हलुवा र गाजरको मिठाई लगायत परिकार बढी खाइन्छ ।

आँखाको ज्योति बढाउन स्वस्थकर खानेकुराको कुरा गर्दा धेरैको मुखमा प्रायः गाजरकै नाम आउँछ । बाल्यकालदेखि नै हामीले गाजर खाँदा आँखाको ज्योति बढ्छ भन्ने कुरा सुन्दै आएका छौँ ।

तर अत्यधिक गाजर खाँदा केही साइड इफेक्ट पनि हुन सक्छ । मधुमेह, एलर्जी भएका व्यक्तिहरू गाजर नखानुने उपयुक्त हुन्छ । 

गाजरले बढाउँछ आँखाको ज्योति ?

गाजरले आँखाको ज्योति सीमित मात्रामा बढाउँछ । गाजरमा बिटा–क्यारोटिन नामक पदार्थ हुन्छ, जुन शरीरमा भिटामिन ए मा परिणत हुन्छ । भिटामिन ए आँखाको स्वास्थ्यको लागि आवश्यक तत्त्व हो ।

आँखामा गाजरको प्रभाव

  • रातमा दृष्टि क्षमता सुधार गर्छ ।
  • आँखालाई सुख्खा हुनबाट जोगाउँछ ।
  • कोर्नियालाई स्वस्थ राख्छ ।
  • आँखालाई जलन र सङ्क्रमणबाट जोगाउँछ ।

तर कोही व्यक्तिको पहिले देखि नै दृष्टि कमजोर छ भने गाजर मात्र खाएर चमत्कारी सुधार हुँदैन । यो एक सहायक आहार हो, तर उपचार नै चाँहि होइन । विज्ञहरूका अनुसार गाजरले आँखाको स्वास्थ्य कायम राख्न मद्दत गर्छ, तर यसको सेवनबाट मात्रै चस्मा हटाउने ग्यारेन्टी हुन्न ।

यस्ता छन् गाजर खानुका बेफाइदा

गाजर पोषक तत्त्वले परिपूर्ण छ । तर धेरै मात्रामा यसको सेवन गर्दा केही नराम्रा प्रभाव पनि पर्न सक्छन् ।

क्यारोटेनेमियाः धेरै गाजर खाँदा छाला पहेँलो वा सुन्तला हुन सक्छ । यो खतरनाक नै चाहिँ होइन ।

रगतमा चिनीको मात्रा बढ्छ: गाजरमा प्राकृतिक चिनी हुन्छ । मधुमेहका रोगीहरूले सकेसम्म यसको सेवन सीमित गर्नुपर्छ ।

पाचनसम्बन्धी समस्या: धेरै गाजर खाँदा ग्यास, पेट फुल्ने वा अपच जस्ता समस्या निम्तिन सक्छ ।

भिटामिन ए को अत्यधिक सेवन: लामो समयसम्म धेरै गाजर खाँदा शरीरमा भिटामिन एको स्तर बढ्न सक्छ । जसका कारण टाउको दुख्ने, चक्कर लाग्ने वा बान्ता हुने जस्ता समस्याहरू निम्त्याउँछ ।

यी मानिसले खानु हुन्न गाजर

केही निश्चित अवस्थामा मानिसहरूले गाजर खानु हुँदैन ।

मधुमेह: गाजरमा प्राकृतिक चिनी हुन्छ, जसले रगतमा चिनीको मात्रालाई असर गर्न सक्छ ।

एलर्जी भएका व्यक्तिहरू: केही व्यक्तिहरूलाई गाजरबाट एलर्जी हुन सक्छ । यस्ता व्यक्तिमा गाजर खाने बित्तिकै छाला चिलाउने, सुन्निने वा सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिन्छ ।

भिटामिन एको सप्लिमेन्ट खाने व्यक्तिहरू: यदि तपाईँ पहिले नै भिटामिन एको सप्लिमेन्ट खाइरहनु भएको छ भने गाजरको अत्यधिक सेवन हानिकारक हुन सक्छ ।

पाचन प्रणाली कमजोर भएका व्यक्तिहरू: उच्च फाइबरयुक्त खानाले ग्यास वा पेट दुख्न सक्छ । गाजरमा फाइबरको मात्रा धेरै हुन्छ । त्यसैले पाचन प्रणाली कमजोर भएका मानिसहरूले पनि यसको सेवन कम गर्नु पर्छ ।

कसरी गर्ने गाजरको सही सेवन ?

  • दैनिक १–२ वटा गाजर खानु पर्याप्त छ ।
  • गाजरलाई काँचै, उमालेर वा जुसको रूपमा सेवन गर्न सकिन्छ ।
  • गाजरको सलादमा कागती र मरिचको धुलो हालेर खाँदा स्वाद र पाचन दुवैमा सुधार हुन्छ ।
  •  गाजरको हलवा स्वादिष्ट हुन्छ । तर यसलाई बनाउँदा खेरि चिनी र घिउको मात्रालाई ध्यानमा राख्नुहोस् । 

अस्वीकरण: यो लेख अनलाइन सामग्रीको सहयोगमा तयार पारिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप