मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सुनको भाउ निरन्तर ओरालो लाग्दै, अझ कतिसम्म घट्ला ?

मङ्गलबार, ११ कात्तिक २०८२, १४ : ३५
मङ्गलबार, ११ कात्तिक २०८२

सारांश

  • सुनको भाउ उच्च बिन्दुबाट ओरालो लाग्न थालेको छ, किनकि अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको छ।
  • लगानीकर्ताहरू अन्य क्षेत्रमा सरेका छन् र चाडपर्व सकिएसँगै सुनको माग घटेको छ।
  • अमेरिकी ट्रेड वारमा सहजता र अस्ट्रेलियासँगको सम्झौताले सुनको मूल्य घट्न मद्दत गरेको छ।

काठमाडौँ। हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको भाउ पछिल्ला दिनहरूमा निरन्तर ओरालो लाग्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा ठुलो गिरावट देखिएको छ।

तीन दिनको गिरावट:

dda

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार, अन्तर्राष्ट्रिय बजारमा मंगललबार सुन प्रतिऔंस ३,९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

अब भाउ घट्ने क्रममा छ: महासङ्घ

महासङ्घका प्रथम उपाध्यक्ष धर्मरत्न बज्राचार्यले सुनको भाउ उच्च बिन्दुमा पुगिसकेकाले अब बढ्नेभन्दा पनि निरन्तर ओरालो लाग्ने क्रममा रहेको बताएका छन्। उनकाअनुसार, प्रतितोला २ लाख ५८ हजार पुगेको सुनको भाउमा भारी गिरावट आइसकेको छ र यो क्रम निरन्तर चल्ने देखिन्छ।

मूल्य घट्नुका कारणहरू:

  • लगानीकर्ता अन्यत्र डाइभर्ट: पछिल्लो समय अमेरिकामा सुनबाहेक अन्य क्षेत्रमा लगानीका लागि वातावरण बन्दै गर्दा लगानीकर्ताहरू शेयर मार्केटलगायतका अन्य सेक्टरमा सरेका छन्।
  • ट्रेड वारमा सहजता: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसियाली देशहरूको भ्रमण गरेर चिनियाँ राष्ट्रपतिसँग पनि व्यापारको विषयमा सम्झौता गरेको सुनिएपछि अमेरिकाको ट्रेड वार (व्यापार युद्ध) हल्का हुने अपेक्षा बढेको छ। यसले लगानीकर्ताहरूलाई सुनबाट अन्य सुरक्षित लगानीतर्फ प्रेरित गरेको छ।
  • तिहारपछिको माग: चाडपर्व सकिएसँगै नेपाल र भारतमा पनि सुनको माग केही घटेको छ।
  • अस्ट्रेलियासँग रेयर अर्थ सम्झौता: अमेरिकाले अस्ट्रेलियासँग रेयर अर्थको विषयमा सम्झौता गरेपछि चीनसँगको व्यापारिक अन्योल कम भएको छ।

बज्रचार्यकाअनुसार, अहिले सुनको भाउ घटे पनि खासै कारोबार भएको छैन। अन्तर्राष्ट्रिय क्षेत्रमा ट्रेड वार कम हुँदै जाँदा लगानीकर्ताहरू डाइभर्ट भएकाले सुनको किनबेच कम भएको हो। पछिल्ला परिस्थितिहरूको आँकलन गर्दा तत्कालै सुन प्रतिऔंस दुई-चार सय डलरसम्म घट्ने सम्भावना रहेको उनले बताए।

–न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप