महाधिवेशनको विषयलाई लिएर पार्टी विभाजन हुँदैन : कांग्रेस नेता थानी
सुर्खेत । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद हृदयराम थानीले महाधिवेशनको विषयलाई लिएर पार्टी विभाजन नहुने बताएका छन् ।
थानीले मंगलबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा भने,'यो इस्युमा कांग्रेस विभाजित हुने अवस्था छैन। महामन्त्रीज्यूले बोलिसक्नुभएको छ, नेताहरूले बोलिसक्नुभएको छ ।'
उनले पार्टीको केन्द्रीय समितिले मुलुकको वर्तमान जटिल परिस्थितिको अध्ययन गरी महाधिवेशनको विषयमा उचित निर्णय लिनुपर्ने बताए।
विधानअनुसार केन्द्रीय समितिले बहुमतबाट नियमित महाधिवेशनलाई एक वर्षसम्म सार्न सक्ने देखिएको उनले बताए।
विगतमा पनि कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाको कार्यकालमा यस्तो निर्णय भएको र संविधानमा भएको व्यवस्थाअनुसार साढे पाँच वर्षसम्म पनि कार्यकाल पुगेको स्मरण गराए।
नेता थानीले ५३ प्रतिशत सदस्यले विशेष महाधिवेशनको माग गरिरहेको सन्दर्भमा केन्द्रीय कमिटीको तत्कालीन बैठकले यसको समाधान दिनुपर्ने आवश्यकता औँल्याए ।
उनले आगामी फागुन २१ मा चुनाव हुनैपर्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण