खेलाडी अलपत्र परेको भन्दै महासचिव राईलाई मन्त्री गुप्ताले सम्झाए
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले भारतमा रहेका नेपाली महिला फुटबल टोलीका खेलाडीले खान नपाएर अलपत्र परेको विषयमा चासो राखेका छन् ।
मन्त्री गुप्ताले मंगलबार नेपाल फुटबल संघका महासचिव किरण राईलाई फोन गरेर यस सम्बन्धमा चासाे राखेका हुन् ।
मन्त्री गुप्ताले महासचिव राईलाई नेपाली खेलाडीलाई कुनै पनि देशमा पठाउँदा पूरै तालिका नबनाएर पठाउनु एन्फाको कमजोरी भएको भन्दै यसबारे केही प्रश्न सोध्दै सम्झाएका हुन् । कमजोरीबारे छिट्टै जानकारी दिनसमेत मन्त्री गुप्ताले राईलाई निर्देशन दिएका छन् ।
फोन संवादमा मन्त्री गुप्ताले सामान्य प्रश्नहरू सोधेका छन् । खासगरी उनले यस्तो अवस्था ‘चेन्ज’ गर्नुपर्ने र सामान्य व्यवस्थापनमा किन कमजोरी भयो भनी प्रश्न गरेका छन् ।
नेपाली महिला फुटबल टोली त्रिकोणात्मक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता र मैत्रीपूर्ण खेलका लागि भारत भ्रमणमा छ । नेपाली टोलीले बुधबार भारतसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण