रास्वपाले बृहत् राजनीतिक संवाद गर्ने
सारांश
- रास्वपाले बृहत् राजनीतिक संवाद गर्ने निर्णय गरेको छ, जसको संयोजन डा. स्वर्णिम वाग्लेले गर्नेछन्।
- पार्टी सचिवालय बैठकले कात्तिक १४ गते बृहत् राजनीतिक संवाद आयोजना गर्ने निर्णय गरेको छ।
- रास्वपाले सुशासन र मुलुकको दीर्घकालीन रूपान्तरणका लागि संवादको आयोजना गर्दैछ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बृहत् राजनीतिक संवाद गर्ने भएको छ । मंगलबार बसेको सो पार्टीको सचिवालय बैठकले यस्तो संवाद आयोजना गर्ने निर्णय गरेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
जेन–जी पुस्ताले सुशासनको पक्षमा गरेको निर्णायक हस्तक्षेप पश्चात् परिवर्तित राजनीतिक परिवेशमा प्राप्त उपलब्धिहरूको दिगो संरक्षण गरी मुलुकको दीर्घकालीन रूपान्तरणका लागि समान सोच र शैली भएका व्यक्ति एवं समूहहरुबीच बृहत् राजनीतिक एलायन्स निर्माणको गृहकार्य स्वरूप राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न चरणमा द्विपक्षीय संवादहरु गर्दै आएको थियो ।
‘प्रवास र स्वदेशका आम नेपाली जनताले आशा–अपेक्षा राखेका नयाँ राजनीतिक शक्तिहरू, स्वतन्त्र विचारक एवं अभियन्ता र नवयुवा पुस्ताका प्रतिनिधिहरुबिच सार्थक सहकार्य नहुँदा पश्चगमनको ढोका खोलिने अप्रिय सम्भावनाको यथार्थवोध गर्दै विविध राजनीतिक विकल्पबारे खुला छलफल गर्न लागिएको हो’, महामन्त्री बुर्लाकोटीले भने, ‘बृहत् राजनीतिक संवाद यही कात्तिक १४ गते आयोजना गर्ने निर्णय गरिएको छ ।’
रास्वपाले बृहत् राजनीतिक संवाद् कार्यक्रमको संयोजन पार्टी उपसभापति एवं उच्चस्तरीय संवाद समिति संयोजक डा. स्वर्णिम वाग्लेले गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण