विप्लवलाई माधव सापकोटाको आग्रह : विलम्ब नगरी तत्काल पार्टी एकता गरौँ
सारांश
- माओवादी केन्द्रका नेता माधवप्रसाद सापकोटाले विप्लवलाई पार्टी एकताको लागि आह्वान गरेका छन्।
- सापकोटाले फेसबुकमार्फत विप्लवलाई निर्वाचनमा भाग लिने निर्णयपछि एकताको लागि आग्रह गरेका हुन्।
- उनले विगतको विभाजनमा विप्लवको भूमिकालाई स्मरण गर्दै एकताको आवश्यकता औंल्याए।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता माधवप्रसाद सापकोटाले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई विलम्ब नगरी पार्टी एकता गर्न आह्वान गरेका छन् । आगामी निर्वाचनमा भाग लिने उद्देश्यसहित मङ्गलवार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका विप्लवलाई बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत पार्टी एकतामा आउन उनले आग्रह गरेका हुन् ।
विगतमा बुलेट कि ब्यालेट भनेर लामो र गम्भीर बहससमेत भएको भन्दै उनले अन्ततः विचार नमिलेर पार्टी विभाजित भएको स्मरण गरेका छन् । तत्कालीन अवस्थामा विप्लव नेतृत्व तहमा नभए पनि पार्टी विभाजनमा निर्णायक भूमिकामा रहेकाे समेत सापकोटाले आरोप लगाएका छन् ।
‘तत्कालीन स्थितिमा रूप पक्षमा तपाईंभन्दा सिनियर कमरेडहरू अरु नै देखिए पनि सारमा तत्कालीन विभाजनमा तपाईं करिब निर्णायकजस्तै भूमिकामा हुनुहुन्थ्यो। तत्कालीन विभाजनमा तपाईंसँगै रहनुभएका कमरेडहरूको ठुलो हिस्सा विभिन्न चरणमा त्यही निर्णय गरेर हाल माओवादी पार्टीमा सक्रिय हुनुहुन्छ’, उनले लेखेका छन्– ‘तपाईंको यो कदममा अन्य भित्री चालबाजी छैन र तपाईंले नै भने जस्तै ‘समग्र सङ्घर्षको मोर्चा’ को रूपमा इमानदारीपूर्वक आत्मसात् गरेको हो भने त्यो मोर्चा त्यतिबेला मात्र सफल र सम्भव छ, जतिबेला नेपालमा बलियो कम्युनिस्ट केन्द्र निर्माण हुन्छ । त्यसैले विलम्ब नगरी तत्काल पार्टी एकता गरौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण