आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

रुपन्देहीमा ईभी गाडी रुखमा ठोक्किँदा ३ जनाको मृत्यु, ४ जना घाइते

बुधबार, १२ कात्तिक २०८२, १३ : ०६
बुधबार, १२ कात्तिक २०८२

सारांश

  • रुपन्देहीमा ईभी गाडी अनियन्त्रित भई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा चार जना घाइते भएका छन् र उनीहरूको बुटवलमा उपचार भइरहेको छ।
  • प्रहरीले गाडी नियन्त्रणमा लिएर दुर्घटनाको थप अनुसन्धान गरिरहेको छ।

बुटवल । रुपन्देहीमा ईभी गाडी अनियन्त्रित भएर रुखमा ठोक्किँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बागमती प्रदेश ०१००६ ख ७७८२ नम्बरको ईभी गाडी रुपन्देहीको सालझन्डीबाट रुद्रपुरतर्फ जाँदै गर्दा कन्चन गाउँपालिका–५ स्थित फायर लाइनमा दुर्घटना भएको हो। दुर्घटनामा तीन जनाको मृत्यु र चार जना घाइते भएका छन्।

मृतकहरूमा रुपन्देहीको सैनामैना–८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिक रहेका छन्।

गम्भीर घाइते हुनेहरूमा गाडीका चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समिर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा रहेका छन्। उनीहरूको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले गाडी नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी गणेश सापकोटाले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप