ओली आफ्नो अहंकारले सत्ताच्युत भए, पार्टी विभाजनको औचित्य पुष्टि भयो : माधव नेपाल
सारांश
- नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एमालेसँगको विद्रोहको औचित्य पुष्टि भएको बताएका छन्।
- उनले केपी ओलीको अहंकारका कारण सत्ता गुमेको आरोप लगाए।
- नेपालले विद्रोहको औचित्य पुष्टि नभएको भन्नु ओलीसामु आत्मसमर्पण गर्नुसरह भएको बताए।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग विद्रोह गर्नुको औचित्य पुष्टि भएको जिकिर गरेका छन् । आजबाट सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नेपालले एमालेसँग विद्रोहको औचित्य पुष्टि भएको जिकिर गरेका हुन् ।
एमाले विभाजनको पुष्टि नभएको भनेर सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायत नेताहरूले आरोप लगाइरहेका बेला नेपालले त्यसको जवाफ दिएका हुन् । यस्तै उनले केपी ओली आफ्नो अहंकारले गर्दा जेनजी विद्रोहमार्फत सत्ता च्युत भएको आरोप लगाए ।
‘सत्तामा बसेका अहंकारी प्रधानमन्त्री केपी ओलीलाई सत्ता च्युत गर्यो । पार्टी सञ्चालनबारे हामी भुक्तभोगी छौँ । एमालेमा हाम्रो विद्रोहले औचित्य पुष्टि गरेको छ । पार्टीको हरेक बैठकले विद्रोहको औचित्य पुष्टि गरेको निर्णय गरेको छ’, उनले भने, ‘विद्रोहको औचित्य पुष्टि भएन भन्नु ओलीसामु आत्मसमर्पण गर्नुबाहेक केही होइन । विद्रोह गरेर हामीले कुनै गल्ती गरेको छैन भन्ने आत्मविश्वासका साथ भन्न चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण